४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई परिमार्जन गरिने

राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई परिमार्जन गरिने
अ+ अ-

काठमाडौं । सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई सुधार एवम् परिमार्जन गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज अपराह्न ४ बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को वार्षिक आयव्यय प्रस्तुत गर्दै दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको हवाई उद्धार कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाइने बताउनुभयो । त्यसका लागि रु चार करोड रकम विनियोजन गरिएको छ । सरकारले महिलाको क्षमता विकास र महिला सशक्तिकरणका लागि सङ्घ, प्रदेश र स्थानीय तहमार्फत विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

“अर्थमन्त्री शर्माले भन्नुभयो, “लामो दूरी हिँडेर विद्यालय आउने छात्राहरुका लागि सुरक्षा र शैक्षिक स्तर वृद्धि गर्न छात्रावासको निर्माण गरिने छ, मानसिक बिरामी महिलाहरुका लागि राहत र पुनःस्थाना कार्यक्रम सञ्चालन गरिनेछ ।”

सरकारले निःसन्तान महिलाहरुले प्रयोग गर्ने टेस्टट्युब बेबी प्रविधिलाई काठमाडौँबाहिर सरकारी अस्पतालमा विस्तार गर्नाका साथै पारिवारिक हिंसा र अन्य हिंसालाई कम गर्न टोल फ्री नं र गुनासो सुनुवाई संयन्त्रलाई प्रभावकारी बनाउने भएको छ । मन्त्री शर्माले विमानस्थल, बसपार्क जस्ता सार्वजनिकस्थलमा प्रहरी महिला सेल र चौबिसै घण्टा खुल्ला रहने हेल्प लाइन स्थापना गरिने र घरेलु हिंसा र यौन हिंसापीडित महिलाहरुलाई अस्थायी आवास सुविधा र कानुनी सेवा उपलब्ध गराउन आवश्यक बजेट विनियोजन गरिने जानकारी दिनुभयो । द्वन्द्वका समयमा यौन हिंसापीडितलाई मनोपरामर्श सेवा उपलब्ध गराउनाका साथै आत्मनिर्भर बनाउन रोजगारीका कार्यक्रम ल्याइने भएको छ । यौन हिंसा पीडितलाई सहयोग गर्न आवश्यक बजेट विनियोजन गरिएको छ । सहरी क्षेत्रमा लैङ्गिकमैत्री शौचालय निर्माण गरिने भएको छ ।

मन्त्री शर्माले भन्न्ुभयो, “सङ्घीय तथा प्रदेश राजधानीको प्रशासनिक क्षेत्रमा शिशु स्याहार केन्द्र विस्तार गरिने छ, स्थानीय तहमार्फत एक परियारलाई एक विद्युतीय चुलो अनुदान वितरण गर्ने व्यवस्था गरिने छ र सरकारले सुधारिएको चुलो वितरण गरिने भएको छ ।”

त्यसैगरी सरकारले वडा तहमा महिलाहरुलाई आर्थिक आत्मनिर्भरता, क्षमता विकास र महिला अधिकारसम्बन्धी तालिम प्रदान गर्नाका साथै वडा तहमा महिला सचेतना, महिला अधिकार नेतृत्व विकास र महिलाहरुको समस्याबारे छलफल गर्न महिला सभाको आयोजना गने भएको छ । लैङ्गिक बजेटको प्रभावकारी कार्यान्वयन गरिने छ । लैङ्गिक असमानता सूचकाङ्कमा सुधार ल्याउन लैङ्गिक मूल प्रवाहीकरणका कार्यक्रमहरु सञ्चालन गर्नाका साथै लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलता नीति लिएको र अभियोजन तथा कारबाहीलाई तीव्र पारिने बजेटमा व्यवस्था छ । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरुको सम्बन्धमा समाजमा रहेको भ्रम हटाउन विशेष कार्यक्रम सञ्चालन गरिने छ ।

अपाङ्गता भएका व्यक्तिहरुको सम्मान पूर्वक बाँच्न पाउने अधिकार प्रवद्र्धनका लागि अपाङ्गमैत्री रोजगार तथा स्वरोजगार कार्यक्रममार्फत आत्मनिर्भर बनाउनाका साथै असहाय अपाङ्गता भएका व्यक्ति हिंसामा परेका बालबालिका र महिलाहरुको उद्धारका लागि आवास गृह निर्माण गरिने भएको छ ।

जटिल प्रकृतिका अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क उपचार गरिने छ । नेपाल साङ्केतिक भाषा स्थापना गर्न प्रक्रिया अगाडि बढाउनाका साथै ब्रेललिपिका पाठ्यपुस्तक निःशुल्क उपलब्ध गराउँदै सरकारले नेपाललाई सडक बालबालिका मुक्त राष्ट्र बनाउने भएको छ । वृद्धाश्रम भवन निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका लागि एक अर्ब ७७ करोड बजेट विनियोजना गरिएको छ ।रासस