७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने News Polar भोटेकोशी बाढीपछि पुनर्निर्माणमा युवा शक्ति परिचालन गर्न सांसद बुढामगरको माग News Polar राष्ट्रिय महिला आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस News Polar प्रतिनिधि सभाः महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब News Polar सुनचाँदीको मूल्यमा सामान्य वृद्धि News Polar प्रतिकूल मौसममा विद्यालय सञ्चालनबारे स्थानीय अवस्थाअनुसार निर्णय लिन प्याब्सनको आग्रह News Polar भरतपुर अस्पताल : गत साउन र भदौमा १२२ जना सर्पदंशका बिरामी News Polar मदिराको झोकमा श्रीमतीको हत्या, दुई छोरी घाइते भएपछि संसदमा सरकारको ध्यानाकर्षण News Polar राष्ट्र बैंकद्वारा ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी

क्याप्टेन घिमिरेले जोमसोम टावरसँग हावाको गति सोधेका थिए, लगत्तै विमान सम्पर्कविहीन

क्याप्टेन घिमिरेले जोमसोम टावरसँग हावाको गति सोधेका थिए, लगत्तै विमान सम्पर्कविहीन
अ+ अ-

काठमाडौं । जोमसोम विमानस्थलका लागि पोखराबाट उडेको तारा एयरको ९ एन एईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ । जोमसोम विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर पुष्कल शर्माले जहाजका पाइलट प्रभाकर घिमिरेले लेतेमाथिको आकाशबाट अन्तिमपटक कुरा गरेको बताए । पाइलट घिमिरेले आफूसँग जोमसोम क्षेत्रको हावाको गतिको विवरण मागेको उनले बताए ।

यसअघि तारा विमानभन्दा पहिला समिट एयरको विमान आइरहेको उनले बताए । “तारा एयरका क्याप्टेन घिमिरेले मसँग जोमसोमको हावाको गति कति छ भनेर माग्नुभएको थियो, मैले घिमिरेलाई हावाको गतिबारे जानकारी दिएपछि म समिटको जहाजलाई अवतरण गराउनतिर लागेँ, त्यसपछि ताराको जहाजलाई सम्पर्क गर्न खोज्दा सम्पर्क नै भएन।”

शर्माका अनुसार घिमिरेलाई जानकारी दिँदा जोमसोमको हावाको गति २५ नटिकल माइल प्रतिघण्टा (४६.३ किमि)को गतिमा थियो। उनले हावाको गति ठिक नभए पनि जोमसोममा यो गतिको हावामा उडान र अवतरण हुनसक्ने उनले बताए । शर्माका अनुसार जोमसोममा ३० नटिकल माइल प्रतिघण्टा (५५.५६ किमि) को गतिमा हावा रहँदासम्म उडान र अवतरण गर्ने गरिएको छ।