२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोमसोममा अवतरण हुन नसक्ने भएपछि पोखरा नै फर्कंदै थियाे विमान !



अ+ अ-

काठमाडौँ । पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन एईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ । बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज म्याग्दीको लेते पहाड पुगेपछि टावरसँग सम्पर्क टुटेको हो ।

क्याप्टेन प्रभाकर घिमिरेसँग काम गरेका एक पाइलटले न्यूजपोलारसँग भन्नुभयो, “उहाँ एकदमै अनुभवी र उड्डयन सुरक्षामा ध्यान दिने व्यक्ति हो । मौसमको अवस्थामा ढुक्क भएपछि मात्र उडान गर्ने स्वभाव उहाँमा छ ।”

लेते नजिक पुगेपछि १२ हजार ८०० फिटको उचाइमा निकै बाक्लो बादल रहेको कारण घिमिरेलले विमानलाई पोखरा तर्फ डाइभर्ट गराउने प्रयास गर्नुभएको हुन सक्छ ।

तारा एयरको सो विमानभन्दा केही समयअघि मात्र समिट एयरको विमान जोमसोमका लागि उडान गरेको थियो । ती पाइलटका अनुसार समिट एयरको पाइलटले मौसमको बारेमा जानकारी गराए लगत्तै त्यस क्षेत्रमा बाक्लो बादलले ढाकेको हुनुपर्छ ।

यसैबीच हराएको सो विमान खोज्न गएको फिस्टेल एयरको हेलिकप्टर प्रतिकूल मौसमका कारण फिर्ता भएको छ ।