७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रिय महिला आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस News Polar प्रतिनिधि सभाः महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब News Polar सुनचाँदीको मूल्यमा सामान्य वृद्धि News Polar प्रतिकूल मौसममा विद्यालय सञ्चालनबारे स्थानीय अवस्थाअनुसार निर्णय लिन प्याब्सनको आग्रह News Polar भरतपुर अस्पताल : गत साउन र भदौमा १२२ जना सर्पदंशका बिरामी News Polar मदिराको झोकमा श्रीमतीको हत्या, दुई छोरी घाइते भएपछि संसदमा सरकारको ध्यानाकर्षण News Polar राष्ट्र बैंकद्वारा ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन

गण्डकी प्रदेश सरकारद्वारा नागरिकको जीवनस्तरमा परिवर्तन हुनुपर्नेमा जोड

गण्डकी प्रदेश सरकारद्वारा नागरिकको जीवनस्तरमा परिवर्तन हुनुपर्नेमा जोड
अ+ अ-

गण्डकी । गणतन्त्र दिवसको अवसरमा गण्डकी प्रदेश सरकारद्वारा आयोजित विशेष समारोहमा व्यवस्था परिवर्तनसँगै नागरिकको जीवनस्तर परिवर्तन हुनुपर्नेमा जोड दिइएको छ ।

नेपाली जनताको लामो संघर्षको उपलब्धिस्वरुप प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास हुन आवश्यक रहेको बताउँदै कार्यक्रमका वक्ताले व्यवस्थासँगै नागरिको आर्थिक एवम् सामाजिक विकास भएमा मात्र त्यसको सार्थकता सिद्ध हुने बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले संघीय लोकतान्त्रिक गणतन्त्र केबल शासनप्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्धति र शैलीकारुपमा स्थापित गर्न सक्दा मात्रै आम नागरिकले लोकतन्त्रको सुखद अनुभूति गर्न पाउने बताउनुभयो । गणतन्त्र नेपाल घोषणा भएपछि सुशासन, द्रुततर आर्थिक, सामाजिक विकासलगायत सबै क्षेत्रमा सुन्दर, समृद्ध हुन्छ भन्ने आम नेपालीको अपेक्षा आंशिकरुपमा सम्बोधन भए पनि त्यो पूर्ण हुन नसकेको उहाँले बताउनुभयो ।

“जबसम्म राजनीतिक परिवर्तनले जनताको दैनिक जीवन र राष्ट्रको समृद्धिमा प्रत्यक्ष प्रभाव पार्दैन, तबसम्म राजनीतिक परिवर्तन स्वयं दिगो र संस्थागत हुन पनि सक्दैन”, उहाँले भन्नुभयो । संघर्षका समयमा जनतासामु गरेका प्रतिवद्धता तथा वीर अमर शहीदका सपना साकार पार्नु सबैको सामूहिक दायित्व र कर्तव्य बनेको बताउँदै उहाँले हिजो संघर्षका दिनमा जस्तै हामी सबैबीच एकता, सहकार्य र सहमति हुनु आवश्यक भएकोमा जोड दिनुभयो ।

गणतन्त्र दिवसले हामी सबैलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकजुट हुने प्रेरणा प्रदान गर्न सकोस् भन्ने उहाँले कामना गर्नुभयो । हालै मुलुकमा आम जनताको उत्साहपूर्ण सहभागितामा स्थानीय तह निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु सबैका निमित्त खुशीको विषय भएको उल्लेख गर्दै उहाँले हालै सम्पन्न स्थानीय तहको निर्वाचनसँगै अब हुन गईरहेको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्रको जगलाई संस्थागत र थप सुदृढ तुल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गनर्तुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राजनीतिक परिवर्तनसँगै आर्थिक, सामाजिक परिवर्तन गर्न नसके त्यसको कुनै अर्थ नहुने बताउनुभयो । व्यवस्थामा परिवर्तन आए पनि जनताको आकांक्षा अनुसार बढ्न नसकिएको वास्तविकतामा जनताका आवश्यकता तथा चाहनालाई सम्बोधन गर्ने गरी एकतावद्ध रुपमा लाग्नुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो । व्यवस्था परिवर्तनमा दलहरूबीचमा देखिएको सहमति, सहकार्य र एकताको भावनालाई आत्मसात गर्दै आगामी दिनमा पनि त्यही भावनाका साथ अघि बढ्नु जरुरी रहेको उहाँले बताउनुभयो ।

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले विसं २००७ सालदेखिको नेपाली जनताको चाहना र संघर्षको प्रतिफलस्वरुप गणतन्त्र दिवस मनाउने अवस्थामा पुगिएको बताउँदै यसको संस्थागत विकास आवश्यक भएको बताउनुभयो । जनताको आर्थिक, सामाजिक परिवर्तन हुन सकेमा मात्रै दिवसको सार्थकता रहने बताउँदै उहाँले सरकार तथा राजनीति दलहरू त्यसतर्फ लक्षित हुनुपर्ने बताउनुभयो ।

आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माले गणतन्त्र दिवस नेपाली जनताको महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले लामो समयको संघर्षको प्रतिफलस्वरुप गणतन्त्र प्राप्त भएको बताउँदै जनतालाई यसको अनुभूति गराउन अझै धेरै काम बाँकी रहेको बताउनुभयो । जनताका अपेक्षालाई सम्बोधन गर्ने गरी एकतावद्ध प्रयास आवश्यक भएकोमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा प्रदेशमा उत्कृष्ट काम गर्ने कार्यालयसँगै विभिन्न कर्मचारीलाई पुरस्कृत गरिएको थियो । समारोहअघि पोखराको सहिद चोकस्थित पार्कमा माल्यार्पण गरि विभिन्न झाँकीसहितको र्यालीआयोजना गरिएको थियो ।