४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका विषयमा शीर्षनेता तथा विज्ञसंग छलफल

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका विषयमा शीर्षनेता तथा विज्ञसंग छलफल
अ+ अ-

काठमाडौं । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका विषयमा सनिवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा शीर्षनेता तथा विज्ञहरूबीच छलफल भएको छ ।

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकार्य रोक्न सर्वोच्च अदालतले फैसला गरेपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, श्रममन्त्री किसान श्रेष्ठ, खानेपानीमन्त्री उमाकान्त चौधरी, मन्त्रालयका सचिवलगायत विज्ञहरूका बीचमा छलफल भएको हो ।

उक्त छलफलका क्रममा विज्ञहरूले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण रोक्ने सर्वोच्च अदालतको फैसलालाई अनौठो र दुःखद् भनी टिप्पणीसमेत गरिएको थियो । छलफलका क्रममा सहभागीहरूले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल रोक्न सर्वोच्चले गरेको फैसलामा पुनरावलोकन गर्नुपर्ने धारणा राख्नुभएको छलफलमा सहभागीमध्येका एक विज्ञ तथा पूर्व हवाई विभागका महानिर्देशक वीरेन्द्रबहादुर देउजाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सर्वोच्चको फैसला आकस्मिकरूपमा आएको छ, फैसला लिखितरूपमा आएको छैन, बाहिर आएजस्तो हल्ला सही हो भने त्यो राम्रो भएन । जङ्गल नै नभएको ठाउँमा जङ्गल भएको दाबी गरिएको र सोही आधारमा फैसला गर्नु राम्रो होइन ।”

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन कयौँ वर्षदेखि मेहेनत भई सरकारको अर्बौँ रकम खर्च भएकाले अहिले आकस्मिक लाग्ने गरी सर्वोच्चबाट निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण गर्नु हुँदैन भन्ने फैसला आउनु दुःखद् भएको उक्त छलफलमा सहभागीहरूको निष्कर्ष थियो । विकास गर्ने क्रममा केही विनास पनि हुने भएकाले राज्य र नागरिकलाई फाइदा हुने कुरामा विनासमात्रै भएको भन्नेतर्फ कसैले पनि ध्यान केन्द्रित गर्न नहुने सहभागीहरूको सुझाव थियो । रासस