७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रिय महिला आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस News Polar प्रतिनिधि सभाः महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब News Polar सुनचाँदीको मूल्यमा सामान्य वृद्धि News Polar प्रतिकूल मौसममा विद्यालय सञ्चालनबारे स्थानीय अवस्थाअनुसार निर्णय लिन प्याब्सनको आग्रह News Polar भरतपुर अस्पताल : गत साउन र भदौमा १२२ जना सर्पदंशका बिरामी News Polar मदिराको झोकमा श्रीमतीको हत्या, दुई छोरी घाइते भएपछि संसदमा सरकारको ध्यानाकर्षण News Polar राष्ट्र बैंकद्वारा ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन

किन रोज्दैछन् यूवाले आत्महत्याको बाटो ?

किन रोज्दैछन् यूवाले आत्महत्याको बाटो ?
अ+ अ-

चुनावी घोषणापत्रमा अधिकांशले युवा समाजलाई आक्रान्त पारेको मानसिक स्वास्थ्य र तनाव आदिको बारेमा बोलेका छैनन् । नेताहरूले मानसिक स्वास्थ्य भन्ने के हो र यसले मानव जीवनमा कस्तो प्रभाव पर्छ भन्ने कुरा बुझे पो !

केही दिनअघि एक पत्रकार मित्रले आफ्नो एक परिचित मित्रको १८ वर्षीय छोराले गरेको आत्महत्या प्रयासबारे बताए । छोराका साथीले सिसा फोडेर ती युवकलाई बचाएको घटनासँग जोडिएका केही पृष्ठभूमि छन् ।

१८ वर्षका ती युवकलाई दश कक्षा पास गरेपछि जसरी भएपनि इन्जिनियर बन्नुपर्छ भन्ने दवाव दिन थालियो । अभिभावकले प्लस टुमा विज्ञान विषय लिन बाध्य बनाए। तर, विज्ञान पढ्नै मन नलाग्ने ती किशोरले ११ कक्षाको परीक्षामा एकदम थोरै नम्बर ल्याए । उनलाई एकप्रकारको हिनताबोध हुनथाल्यो । मेरो आमा बाको मलाई इन्जिनियर बनाउने सपना पूरा हुँदैन, मलाई मानिसले गिज्याउँछन् भन्ने भावनाले उनी ग्रसित भए । यही समस्याबाट भाग्न उनले ४ पेजको आत्महत्या नोट लेखेर झुन्डिन खोजे । संयोगवश उनलाई कसैले बचाउन सफल भयो ।

ती मित्रले सुनाएअनुसार सुसाइट नोटमा युवकले आफ्नो जीवनबारे लेखेका थिए । अध्ययन गर्न मनपर्ने संगीतको बारेमा पनि लेखेका थिए । उनलाई जीवनप्रतिको मोह थियो । तर, उनले आशा नै हराएका थिए र आत्महत्या गर्न कोसिस गरे । आशा गरौं, ती युवकका आमाबुबालाई अब त चेत आउला, युवकले रुचाएको विषय पढ्न देलान् ।

एक डाक्टरका प्रतिभाशाली छोरा नेपाली र अंग्रेजी भाषामा गीत गाउन र कविता लेख्न पोख्त थिए । ठूलो भएर साहित्यकार बन्छु भन्ने उनको मनमा थियो । ‘साहित्यले खान दिंदैन’ भन्ने विचार डाक्टर बुबाको थियो । त्यसैले आफ्नो छोरा जसरी भए पनि डाक्टर नै बन्नुपर्छ भनेर एक निजी मेडिकल कलेजमा जबरजस्ती भर्ना गरे । उनका छोराले एक वर्ष त जसोतसो बिताए, दोस्रो वर्षमा उनलाई पढ्न अति गाह्रो भयो ।

२–३ विषयहरूमा पास नम्बर पनि ल्याउन नसकेपछि उसले भविष्य अन्धकारमय देख्यो । बुबाले बेस्मारी झपारेको कल्पना गर्‍यो सायद । त्यस्तो अवस्थाबाट मुक्ति पाउने एक मात्र उपाय आत्महत्‍या हो भन्ने उसलाई लाग्यो र ऊ संसारबाट विदा भयो । ती डाक्टर बाबुले सन्तानलाई आफ्नो ‘विचार र सपना’ नथोपारेको भए एक युवाको जिन्दगी जाँदैनथ्यो ।

अभिभावकहरूले विचार गरौं, सामाजिक प्रतिष्ठाको लोभमा कतै सन्तान नै गुमाउन नपरोस् । जीवन ठूलो हो । पढाई र प्रतिष्ठाको लोभमा सन्तानलाई जीवन नै अन्त्य गराउने दबाब किन दिनु ?

यसरी युवाले पढाइको दबाबमा आमा–बाको सपना पूरा गर्न नसक्दा आफ्नै जीवनसँग हारेर आत्महत्या गरिरहेका छन् । समाजमा इज्जत बचाउन आफ्ना सन्तानलाई डाक्टर इन्जिनियर बनाउने इच्छा लादिदिँदा युवाहरूले आत्महत्याको बाटो रोजेका धेरै घटनाहरू सुनिन्छन् ।