२ पुष २०८२, बुधबार
,
Latest
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कारागारलाई पुस्तक र फर्निचर प्रदान



अ+ अ-

जनकपुर । मधेस प्रदेश सरकारले प्रदेशका पाँचवटा जिल्ला कारागारलाई आज पुस्तक तथा फर्निचर उपलब्ध गराएको छ । प्रादेशिक गृह तथा सञ्चार मन्त्रालयमा आयोजित कार्यक्रममा गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सप्तरी, सिरहा, महोत्तरी, रौतहट र पर्सा कारागारका लागि पुस्तक तथा फर्निचर हस्तान्तरण गर्नुभएको होे ।

मन्त्री साहले कारागारका कैदीबन्दीको समय सदुपयोग होस् र जेल जीवनबाट फर्किएपछि पुनः नयाँ शिराबाट जीवन सुरुआत गर्न सकुन् भन्ने उद्देश्यले ती सामग्री हस्तान्तरण गरिएको बताउनुभयो । कैदीबन्दीको जीवनमा प्रभाव पार्नसक्ने जीवनोपयोगी पुस्तक तथा पुस्तकको संरक्षणका लागि चाहिने आवश्यक फर्निचरलगायत सामग्री कारागार प्रशासनलाई उपलब्ध गराएको उहाँको भनाइ थियो ।

पाँचवटै जिल्ला कारागारलाई २५२ प्रकारको जीवन उपयोगी पुस्तक, एक थान अफिस टेबल, २० थान प्लाष्टिक कुर्सी, तीन थान रिमल्भिङ कुर्सी तथा पाँच थान दराजका दरले सामग्री हस्तान्तरण गरिएको मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिनुभयो ।