११ भाद्र २०८३, बिहीबार
,
Latest
विपद् प्रभावित क्षेत्रमा पशुपन्छी उद्धारका लागि प्राविधिक टोली परिचालन भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो रसुवा बाढीपीडितको उद्धार र सहयोगका लागि साउदीसँग मन्त्री यादवको अपिल संयुक्त अरब इमिरेट्सद्वारा बाढीपहिरोप्रति व्यक्त पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग बाढी प्रभावित नुवाकोटको विदुर पुगे प्रधानमन्त्री शाह, क्षतिको स्थलगत निरीक्षण बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढी : जलविद्युत आयोजनाका २०० भन्दा बढी सम्पर्कविहीन, उद्धारको पर्खाइमा बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापा आफैँ खटिए, उद्धारदेखि पुनःस्थापनासम्म सरकारको साथ रहने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कारागारलाई पुस्तक र फर्निचर प्रदान



अ+ अ-

जनकपुर । मधेस प्रदेश सरकारले प्रदेशका पाँचवटा जिल्ला कारागारलाई आज पुस्तक तथा फर्निचर उपलब्ध गराएको छ । प्रादेशिक गृह तथा सञ्चार मन्त्रालयमा आयोजित कार्यक्रममा गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सप्तरी, सिरहा, महोत्तरी, रौतहट र पर्सा कारागारका लागि पुस्तक तथा फर्निचर हस्तान्तरण गर्नुभएको होे ।

मन्त्री साहले कारागारका कैदीबन्दीको समय सदुपयोग होस् र जेल जीवनबाट फर्किएपछि पुनः नयाँ शिराबाट जीवन सुरुआत गर्न सकुन् भन्ने उद्देश्यले ती सामग्री हस्तान्तरण गरिएको बताउनुभयो । कैदीबन्दीको जीवनमा प्रभाव पार्नसक्ने जीवनोपयोगी पुस्तक तथा पुस्तकको संरक्षणका लागि चाहिने आवश्यक फर्निचरलगायत सामग्री कारागार प्रशासनलाई उपलब्ध गराएको उहाँको भनाइ थियो ।

पाँचवटै जिल्ला कारागारलाई २५२ प्रकारको जीवन उपयोगी पुस्तक, एक थान अफिस टेबल, २० थान प्लाष्टिक कुर्सी, तीन थान रिमल्भिङ कुर्सी तथा पाँच थान दराजका दरले सामग्री हस्तान्तरण गरिएको मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिनुभयो ।