९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

काठमाडौंको मेयरमा बालेन र उपमेयरमा सुनिता डंगोल निर्वाचित

काठमाडौंको मेयरमा बालेन र उपमेयरमा सुनिता डंगोल निर्वाचित
अ अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा र्‍यापर तथा स्ट्रक्चरल इन्जिनियर बालेन्द्र साह (बालेन)निर्वाचित भएका छन् ।

महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन २३४२६ मतको फराकिलो अन्तरका साथ मेयरमा निर्वाचित भएका हुन् ।

मत परिणाम अनुसार बालेनले कुल मत ६१७६७ ल्याएका छन् । दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेस उम्मेदवार सिर्जना सिंहले ३८३४१ मत ल्याइन् ।

यस्तै, तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८११७ मत ल्याए ।

अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमी १३७७० भोटका साथ चौथो स्थानमा रहँदा राप्रपाका मदनदास श्रेष्ठ ५७७० मतसहित पाँचौ स्थानमा रहे ।

यसैगरी, नेकपा एमालेकी सुनिता डंगोल काठमाडौं महानगरको उपमेयरमा निर्वाचित बनेकी छन् । भारी मतान्तरसहित उनले गठवन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठलाई पराजित गरेकी हुन् ।

मत परिणाम अनुसार उपमेयरमा सुनिताले ६८६१२ मत ल्याएकी छन् । पराजित उम्मेदवार श्रेष्ठले २३८०६ मत ल्याए । तेस्रो स्थानमा रहेकी राप्रपाकी विनिता मगैया १२१४१ मत प्राप्त गरिन् । यस्तै, स्वतन्त्र उम्मेदवार विद्या मानन्धरले १३६९५ मत ल्याइन् ।