२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंको मेयरमा बालेन र उपमेयरमा सुनिता डंगोल निर्वाचित



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा र्‍यापर तथा स्ट्रक्चरल इन्जिनियर बालेन्द्र साह (बालेन)निर्वाचित भएका छन् ।

महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन २३४२६ मतको फराकिलो अन्तरका साथ मेयरमा निर्वाचित भएका हुन् ।

मत परिणाम अनुसार बालेनले कुल मत ६१७६७ ल्याएका छन् । दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेस उम्मेदवार सिर्जना सिंहले ३८३४१ मत ल्याइन् ।

यस्तै, तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८११७ मत ल्याए ।

अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमी १३७७० भोटका साथ चौथो स्थानमा रहँदा राप्रपाका मदनदास श्रेष्ठ ५७७० मतसहित पाँचौ स्थानमा रहे ।

यसैगरी, नेकपा एमालेकी सुनिता डंगोल काठमाडौं महानगरको उपमेयरमा निर्वाचित बनेकी छन् । भारी मतान्तरसहित उनले गठवन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठलाई पराजित गरेकी हुन् ।

मत परिणाम अनुसार उपमेयरमा सुनिताले ६८६१२ मत ल्याएकी छन् । पराजित उम्मेदवार श्रेष्ठले २३८०६ मत ल्याए । तेस्रो स्थानमा रहेकी राप्रपाकी विनिता मगैया १२१४१ मत प्राप्त गरिन् । यस्तै, स्वतन्त्र उम्मेदवार विद्या मानन्धरले १३६९५ मत ल्याइन् ।