२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन शान्तिपूर्ण नभएको एमाले अध्यक्ष ओलीको आरोप



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण नभएको आरोप लगाउनुभएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले निर्वाचन स्वच्छ र निष्पक्ष हुन नसकेको बताउनुभयो । उहाँले पाँच दलीय सत्ता गठबन्धनले सत्ताको बलमा निर्वाचनमा बुथ क्याप्चर गरेको आरोप लगाउनुभयो ।

उहाँले प्रतिपक्षलाई सिध्याउने घोषित उद्देश्यका साथ लोकतन्त्रको धज्जी उडाउने गरी सरकारले निर्वाचनमा राज्यसंयन्त्रको दुरुपयोग गरेको बताउनुभयो । आफूले निर्वाचन शान्तिपूर्ण भयो होला भन्ने ठानेको भन्दै उहाँले भन्नुभयो, “दुर्गम र दूरदराजको रिपोर्ट आएको थिएन । तर, पछि रिपोर्टहरू आएपछि थाहा भयो । कति ठाउँमा बुथ कब्जा भए । कति ठाउँमा बम पड्काइए । कति ठाउँमा चुनाव स्थगित भए ।”

स्थानीय तहको निर्वाचनमा कुनै पनि स्थानमा प्रतिपक्षका कारण स्थगित गर्नुनपरेको उल्लेख गर्दै उहाँले अघिल्लो स्थानीय तहको निर्वाचनमा यही गठबन्धन भए पनि यस्तो भद्दा निर्वाचन नभएको बताउनुभयो ।

“अघिल्लो निर्वाचनमा यही गठबन्धन थियो तर यस्तो आक्रामक र हिंसात्मक तरिकाले त्यो बेला चुनाव भएको थिएन, अहिले त कीर्तिमान नै भयो, पञ्चायतकालमा पनि यस्तो नांगो ढंगले राज्यसंयन्त्रको दुरुपयोग भएको थिएन”, उहाँले भन्नुभयो ।