२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लमजुङका आठ पालिका प्रमुखमा पुरुष मात्रै



अ+ अ-

लमजुङ । लमजुङका आठ स्थानीय तहको प्रमुख पदमा सबै पुरुष निर्वाचित भएका छन् । चार नगरपालिका र चार गाउँपालिकाको प्रमुख पदमा पुरुष निर्वाचित हुँदा महिला नेतृत्व शून्य भएको हो ।

विसं २०७४ को स्थानीय तह निर्वाचनमा एउटा मात्र दूधपोखरी गाउँपालिकामा महिला प्रमुख निर्वाचित हुनुभएको थियो । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा बेँसीसहर नगरपालिकामा मङ्गोल अर्गनाइजेशन नेशनलले प्रमुख पदमा कुलुकुमारी गुरुङलाई उम्मेदावर बनाएको थियो । उहाँ निर्वाचनमा पराजित हुनुभयो । नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)लगायत ठूला दलले प्रमुख पदमा महिला उम्मेदावर नबनाउँदा महिला सहभागिता शून्य हुन पुगेको हो ।

जिल्ला सदरमुकामसमेत रहेको बेँसीसहर नगरपालिका उपप्रमुखमा एमालेबाट पदमा गुरुङ, सुन्दरबजार नगरपालिका उपप्रमुखमा भवानी केसी, मध्यनेपालमा सीता गुरुङ, क्व्होलासोगर गाउँपालिका उपाध्यक्षमा गमी गुरुङ र मस्र्याङ्दी गाउँपालिका उपाध्यक्षा जुनामाया थापा निर्वाचित हुनुभएको छ ।

एमालेले आठवटै पालिकामा उपप्रमुख तथा उपाध्यक्षमा महिला उम्मेदावर बनाएको थियो । पहिलो स्थानीय तह निर्वाचनमा जिल्लामा एक पालिका प्रमुख र चार उपप्रमुखमा महिला निर्वाचित भएका थिए ।