© 2023
बारा । ‘जेनजी’ अगुवा र जिल्ला प्रशासन कार्यालय बाराबीच यहाँ वार्ता सुरु भएको छ । सशस्त्र प्रहरी रुद्रवाहिनी पथलैयामा ‘जेनजी’ पक्षबाट बारा संयोजक सम्राट उपाध्यायसहित १८ जना र प्रशासनका तर्फबाट प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित सुरक्षा निकायका प्रमुखको सहभागितामा वार्ता सुरु भएको सहायक प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम भट्टराईले जानकारी दिनुभयो

काठमाडौँ । बाराको सिमरामा कर्फ्युको अवज्ञा गर्दै जेनजी प्रदर्शनकारी सडकमा उत्रिएपछि प्रहरीले अश्रु ग्यास प्रहार र हवाई फायर गरेको छ

सडकमा टायर बालेर यातायात अवरुद्ध पार्दै प्रदर्शनमा उत्रिएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन खोज्दा प्रहरी र युवाहरुबिच झडप समेत भएको थियो

नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहबिचको विवादले बुधबार दिनभर तनावग्रस्त रहेको सिमरामा आज पनि प्रदर्शन भएको हो ।

औद्योगिक कोरिडोरमा रहेका रोजगारदाता र श्रमिकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले सामाजिक सुरक्षा कोषले विराटनगर र सिमरामा शाखा कार्यालय स्थापना