१४ भाद्र २०८३, आईतवार
,
Latest
विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिमरा क्षेत्रमा आज पनि जेनजी युवाको प्रदर्शन



अ+ अ-

काठमाडौँ । बाराको सिमरा क्षेत्रमा आज पनि प्रदर्शन भइरहेको छ ।

नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहबिचको विवादले बुधबार दिनभर तनावग्रस्त रहेको सिमरामा आज पनि प्रदर्शन भएको हो ।

तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय बाराले बुधबार कर्फ्यू आदेश जारी गरेको थियो । बेलुका प्रहरी प्रशासन र युवाहरूबिच सहमति भएपश्चात् सडक सञ्चालनमा ल्याईएको थियो ।

आफूहरूमाथि कुटपिट गर्ने एमाले नेता–कार्यकर्ता पक्राउको माग गर्दै बिहिबार बिहान १० बजेबाट जेनजी युवाहरुले सिमरा चोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनका कारण सिमरा र आसपास क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन बन्द रहेको छ ।