© 2023
भक्तपुर । एउटा समूह धिमे बाजा, झ्याली बजाउँदै अगाडि लागेका, सँगै अर्को समूह कपासको बत्ती धपक्कै बल्ने चिराग हातहातमा लिएर पछिपछि लागेका र त्यसपछि टोलटोलमा सिद्धिकाली र विष्णुवीर देवता विराजमान खट बोकेर टोलटोल घुमिरहेका छन् । साँझ ढल्केर रात पर्दै जाँदा धिमे बाजाको लयमा लठ्ठ परेको थिमिवासीमा जात्राको रौनकले ढपक्क