२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन

मध्यपुरथिमिको सिद्धिकाली र विष्णुवीर जात्राको रौनक बढ्दै

मध्यपुरथिमिको सिद्धिकाली र विष्णुवीर जात्राको रौनक बढ्दै
अ अ+ अ-

भक्तपुर । एउटा समूह धिमे बाजा, झ्याली बजाउँदै अगाडि लागेका, सँगै अर्को समूह कपासको बत्ती धपक्कै बल्ने चिराग हातहातमा लिएर पछिपछि लागेका र त्यसपछि टोलटोलमा सिद्धिकाली र विष्णुवीर देवता विराजमान खट बोकेर टोलटोल घुमिरहेका छन् ।

साँझ ढल्केर रात पर्दै जाँदा धिमे बाजाको लयमा लठ्ठ परेको थिमिवासीमा जात्राको रौनकले ढपक्क ढाकेको छ । मानौँ अरु कुनै दुनियाँ छैन, संसार यही जात्राभित्रै छ । बिस्केट जात्राको अवसरमा प्रत्येक वर्ष वैशाख १ गते साँझदेखि रातिसम्म मनाइने प्रसिद्ध जात्रा हो विष्णुवीर र सिद्धिकाली जात्रा ।

विष्णुवीर मन्दिरबाट साँझ देवतासहितको खट बोकेर टोलटोलमा गएर जात्रा मनाउने गरिन्छ । यस जात्रामा सुरूमा स्थानीयवासी प्रथम गणेशलाई पाङ्गु टोलमा तीन पटकसम्म लिन जाने, विष्णुवीरलाई सुङ्गा टोलबाट तछुटोलको गणेश, प्रथम गणेश, वामुने गणेश, थासमा गणेशलगायत विभिन्न देवगणसहित इनाय् टोल, हात्ती महाङ्काल, भुलाँखेल, चोडे, सिवाटोल, दथुटोल, लाछी, वामुने टोल हुँदै पुन: तछुटोल र सुङ्गा टोलमा परिक्रमा गर्दै बालकुमारी मन्दिरमा परिक्रमा गराइएको छ ।

बालकुमारी मन्दिरको डबलीमा राखिएको विष्णुवीरसहितको देवगणलाई स्थानीय बासिन्दाले पूजा गरेपछि विष्णुवीरलाई सुङ्गाटोलबाट पाङ्गु टोलमा लैजाँदा नेवारी परम्पराअनुरूप मान्छे मर्दा बजाइने सिं बाजा बजाउँदै लाने प्रचलन रहेको स्थानीय संस्कृतकर्मी अर्जुन श्रेष्ठ बताउनुहुन्छ । विष्णुवीरलाई कुनै पनि भूतप्रेतले छुन नसकोस् भनी उक्त बाजा बजाउने गरिएको र जात्रामा मलामी जाँदा झैँ टोपी फुकालेर जाने परम्परा रहेको उहाँको भनाइ छ ।

त्यसैगरि प्रसिद्ध सिद्धिकाली मन्दिरमा सिद्धिकालीको खटमा मूल देवतालाई विराजमान गराई विधिपूर्वक पूजा सम्पन्न गरेपछि खट बोकेर टोलटोलमा गएर जात्रा मनाइएको छ । यस जात्रामा सिद्धिकालीको खटलाई हात्ती महाङ्काल, कुमाननी, तुलाननी हुँदै जात्रा चपाचो पुर्‍याई स्वङ्गापुरको दुना फल्चा परिक्रमा गराई भुलाँखेल हुँदै चपाचोबाट सिद्धिकालीको आफ्नै स्थानमा विराजमान गराइन्छ ।

विष्णुवीर, दक्षिण बाराही, बालकुमारीलगायतका अन्य देवगणलाई सिन्दूर चढाई आ–आफ्नो स्थानमा विराजमान गराएपछि आज राति नै यो जात्रा विसर्जन गरिने परम्परा रहेको सिद्धिकाली मन्दिर व्यवस्थापन समितिका श्रीकृष्ण प्रजापति बताउनुहुन्छ ।

थिमिका देवगणलाई पूजा गर्ने, बालकुमारी मन्दिरभित्र वर्ष दिनसम्म कपाल नकाटेका पाँच कुमारलाई भोजन गराई, बालकुमारीलाई योमरी जात्रा मनाउने परम्परा रहेको छ ।

चान्हेसिया अर्थात रात्रिको जात्रा

यसैगरी मध्यपुरथिमिमा राति मनाइने चान्हेसिया अर्थात रात्रिको जात्रा भने सम्पन्न भएको छ । नयाँ वर्ष एवं बिस्केट जात्राको अवसरमा परापूर्वकालदेखि मनाइने उक्त जात्रा राति करिब २ बजे बालकुमारी माईलाई लायकु दरबारभित्र रहेको तलेजुबाट देवता ९द्यो० पिचालाई तान्त्रिक विधि अनुरूप आसनमा पूजा गरी खटमा राखिएको थियो ।

मध्यपुरथिमिका बासिन्दाले मनाउने उक्त जात्रामा साँझ बालकुमारीलाई थिमिको लायकू दरबारबाट जात्रा गरी बालकुमारी मन्दिरमा ल्याएर विराजमान गराई चान्हेसिया जात्रा सुरु गरिएको मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।

चान्हेसिया जात्रामा सर्वप्रथम त दिगुटोलस्थित दिगु भैरवलाई आचाजु कर्माचार्यको घरबाट लायकूमा ल्याइन्छ भने त्यसपछि तलेजुबाट बालकुमारीलाई ढकीमा राखेर कपडाले छोपी लायकू अगाडि ल्याएर जात्रा मनाइन्छ । त्यसपछि भने खटमा राखी बालकुमारी मन्दिरमा विराजमान गराइन्छ । जात्रामा थिमिका अधिकांश घरघरबाट चिराग बालेर र धिमाय बजाई दक्षिणबाराही, हरिसिद्धि र अजिमा देवतालाई ल्याएपछि पुन:बालकुमारीबाट शंखधर चोक हुँदै क्वाछेँस्थित दक्षिण बाराही मन्दिर परिक्रमा गराएको थियो ।

त्यसपछि तछुटोल, विष्णुवीर मन्दिर परिक्रमा गराई बालकुमारी मन्दिरमा ल्याइपुर्‍याएर पाँच पटक परिक्रमा गराएपछि सोही स्थानमा आआफ्नो आसनमा खटलाई राखेपछि चान्हेसिया जात्रा सम्पन्न भएको थियो । यस जात्रा मनाउँदा प्रत्येक घरबाट चिराग बालेर हात हातमा लिएर मन्दिर परिक्रमा गर्ने गरिन्छ । यो पर्व लोप हुन नदिन नगरपालिकामा ‘चिलाख (चिराग) गुठी’ नै स्थापना गराएको छ । रमेश गिरी / रासस