© 2023
काठमाडौँ । प्रेस चौतारी नेपालका संस्थापक अध्यक्ष तथा वरिष्ठ साहित्यकार विजय चालिसेको निधन भएको छ । उनको आज बिहान साढे ९ बजे ७४ वर्षको उमेरमा निधन भएको प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले जानकारी दिए । उनको पार्थिव शरीरलाई आज बिहान अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो भने गोकर्णेश्वर घाटमा आजै अन्त्येष्टि