© 2023
विराटनगर । कोशी प्रदेशको पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य लीलाबल्लभ अधिकारी पक्राउको सूचना प्रदेशसभा सचिवालयमा टाँस गरेको छ । सोमबार कोशी प्रदेश सभाका कार्यवाहक सचिव गौतमराज अमात्यले एक सुचना जारी गर्दै सांसद अधिकारी पक्राउ परेको जानकारी गराएका छन् । सूचनामा सांसद अधिकारी २०८१ कात्तिक २५ गते पक्राउ परेको उल्लेख छ ।