© 2023
काठमाडौं । एभिन्यूज टेलिभिजनका सञ्चालक भाष्करराज राजकर्णिकारले आफ्नो टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्युमा जिम्मेवारहरुलाई नछाड्ने चेतावनी दिएका छन् । राजावादीहरुले गरेको प्रदर्शनको समाचार संकलन गर्न गएका पत्रकार रजकको प्रदर्शनकारीले आगजनी गरेको घरमा जलेर मृत्यु भएको थियो । राजकर्णिकाले टेलिभिजनमाथि आक्रमण हुँदा सरकारका कुनै पनि निकायबाट सहयोग नपाएको गुनासो गरेका छन्