२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

आगोमा जलेर सहकर्मीको मृत्यु भएपछि के भन्छन् भाष्करराज राजकर्णिकार

आगोमा जलेर सहकर्मीको मृत्यु भएपछि के भन्छन् भाष्करराज राजकर्णिकार
अ अ+ अ-

काठमाडौं । एभिन्यूज टेलिभिजनका सञ्चालक भाष्करराज राजकर्णिकारले आफ्नो टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्युमा जिम्मेवारहरुलाई नछाड्ने चेतावनी दिएका छन् । राजावादीहरुले गरेको प्रदर्शनको समाचार संकलन गर्न गएका पत्रकार रजकको प्रदर्शनकारीले आगजनी गरेको घरमा जलेर मृत्यु भएको थियो ।

राजकर्णिकाले टेलिभिजनमाथि आक्रमण हुँदा सरकारका कुनै पनि निकायबाट सहयोग नपाएको गुनासो गरेका छन् । उनले नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख र काठमाडौंका प्रमुख जिल्ला अधिकारीसँग पटकपटक सहयोगको अपील गरे पनि पुरै बेवास्ता गरिएको आरोप लगाए ।

उनले भनेका छन्– ‘मैले सशस्त्र प्रहरीका आईजी राजु जीलाई चार पटक फोन गरेर कुरा गरें । उहाँले पछिल्लो पटक भन्नुभयो । हाम्रा कर्मचारीले गएर हेरौं भनेर भनेका छन् । तर यो गलत हो । कहाँ बसेर रिपोर्टिङ गरे ? यो रङ रिपोर्टिङ थियो ।

नेपाल प्रहरीका दीपक थापालाई फोन गरें । उठाउनुभएन । पछि उहाँले फोन गर्नुभयो । तर यहाँ सबै कुरा भइसक्यो । अब तपाईंको आवश्यकता छैन भनिदिएँ ।

काठमाडौंको सीडीओलाई कम्तिमा २५ पटक फोन गरें होला । मैले म्यासेज गरे । म एभिन्यूज टेलिभिजनको भाष्करराज राजकर्णिकार भनेर । तर नो रेस्पोन्स । यस्तो हुन्छ । जवाफदेहीता लिनुपर्दैन ?