© 2023
लेग–क्याप फेरेट। तापक्रम बढेसँगै दक्षिण–पश्चिम युरोपमा डढेलोको जोखिम उच्च बनेपछि फ्रान्सको एट्लान्टिक तटीय क्षेत्रमा करिब चार हजार मानिसलाई मङ्गलबार सुरक्षित स्थानमा सारिएको छ । बोर्दोको पश्चिममा फैलिएको विशाल डढेलो नियन्त्रणमा अग्निनियन्त्रकले केही सफलता हासिल गरे पनि बढ्दो तापक्रम र घट्दो आद्र्रताले आगो पुनः फैलिन सक्ने जोखिम बढाएको अधिकारीले बताएका छन्