२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
महाशिवरात्रिमा गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वती विशिष्ट अतिथि

काठमाडौँ । यस वर्षको महाशिवरात्रिका अवसरमा जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीलाई विशिष्ट अतिथिका रुपमा निमन्त्रणा गरिएको छ । पूर्वीय दर्शनका ज्ञाता निश्चलानन्द सरस्वतीलाई महाशिवरात्रि पर्वको विशिष्ट अतिथिका रुपमा निमन्त्रण गरिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिनुभयो । उहाँ फागुन ४ गते काठमाडौँ आउनुहुने छ ।