• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
सरस्वतीनगर हत्याः लुटपाटको उद्देश्यले निराको हत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष

काठमाडौं। काठमाडौंको सरस्वतीनगरमा १० दिनअघि भएको निरा आचार्यको हत्या दुर्घटनावश भएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ। कपनस्थित सरस्वतीनगरमा भाँडा पसल गर्दै आएकी निरा सख्त घाइते अवस्थामा भेटिएकी थिइन्। उनको त्यही दिन उपचारका क्रममा मृत्यु भएको थियो। निराको हत्या आरोपमा प्रहरीले विनोद विश्वकर्मालाई पक्राउ गरेको छ। उनलाई झापाबाट काठमाडौं ल्याइँदै छ।