© 2023
नुवाकोट। नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङमा दुई दाजुभाईको हत्या गरेर खोलामा लुकाएको अवस्थामा आज शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बिक्रम लामाका अनुसार किम्ताङबेँसी निवासी ४३ वर्षीय सोमनाथ तामाङ र उनका भाई ३६ वर्षीय सूर्यमान तामाङको हत्या गरेर किम्ताङ खोलामा लुकाएको अवस्थामा शव फेला परेको हो