• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
क्रिकेटरहरु पैसामा घमण्ड गर्छन् – कपिल देव

एजेन्सी । सन् १९८३ को विश्वकप विजेता कप्तान कपिल देवले आजका खेलाडीमा पुराना खेलाडीबाट सिक्ने इच्छा नभएको बताएका छन् । हालैको एक अन्तर्वार्तामा कपिलले भनेका छन्– ‘कहिलेकाहीँ धेरै पैसा भएकोले पनि गर्व आउँछ । अहिलेको जमानाका खेलाडीहरू पैसाको घमण्डमा पूर्व खेलाडीसँग सल्लाह लिन जाँदैनन् र एउटै गल्ती बारम्बार दोहोर्याउँछन् ।