८ मंसिर २०८१, शनिबार
,
Latest
गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम लडाकुको बकपत्र: रसिया-युक्रेन युद्धभूमीबाट प्रचण्डलाई खुल्ला पत्र चिनियाँ दूतावासद्वारा ‘छत्रपाटी निःशुल्क चिकित्सालय’लाई विद्युतीय सवारी हस्तान्तरण केराखेतीबाट वार्षिक १० लाख आम्दानी मानव बेचबिखन गर्न लागेको आरोपमा एक जना पक्राउ लेबनानमा इजरायली हवाई आक्रमणः २० जनाको मृत्यु प्रधानमन्त्रीको चारदिने चीन भ्रमण, भेटवार्ता र सबै कार्यक्रम मंसिर १८ मा अबुधाबीमा निर्यात प्रवर्द्धनबारे छलफल लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुनै दृष्टिकोण र गन्तव्य नभएको नीति तथा कार्यक्रम: एमाले उपाध्यक्ष पौडेल



अ+ अ-

काठमाडौं । नेकपा(एमाले)का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमले मुलुकको विद्यमान समस्याको समाधान गर्न नसक्ने बताउनुभएको छ ।

बुधबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै उपाध्यक्ष पौडेलले सरकारले प्रस्तुत गरेको आ.व.२०७९/८० को नीति कार्यक्रम इतिहासकै नालायक र सारहिन भएको बताउनुभयो । उहाँले नीति तथा कार्यक्रमले मुलुकको आजका समस्याहरु चिन्न नसकेको र समाधान दिन नसकेको उल्लेख गर्नुभयो । उहाँले नीति तथा कार्यक्रममा कुनै दृष्टिकोण नभएको उल्लेख गर्दै बालुवा चुसेजस्तो निरश भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो – ‘गठबन्धन जस्तो छ, नीति कार्यक्रम पनि त्यस्तै छ । यो इतिहासकै सबैभन्दा नालायक, सारहिन, गन्तव्य, दिशाबिहिन, मुलुकका आजका समस्या चिन्न नसकेको र समाधान दिन नसकेको, बालुवा चुसेजस्तो निरश छ यो । यसमा कुनै दृष्टिकोण छैन । कुनै गन्तव्य छैन । यसले मुलुकका आजका समस्या चिनेको छैन । समाधान दिने यसमा कुनै दृष्टिकोण छैन । समयको अपव्यय मात्रै हो यो ।’

उपाध्यक्ष पौडेलले सरकारले अवलम्वन गरेका नीति तथा निर्णयहरुका कारण मुलुकमा भयानक संकट आइपर्न लागेको बताउनुभयो । उहाँले आर्थिक संकटको बारेमा सरकार मौन रहेको बताउनुभयो । उहाँले विगतमा सकारले गरेका राम्रा कामहरुलाई यस सरकारले निरन्तरता नदिइ नीति तथा कार्यक्रम पूर्वाग्रही रुपमा ल्याएको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘आजका आर्थिक संकटको कारणको बारेमा यो सरकार पस्नै चाहादैन । किनभने यो सरकारकै कारणले गर्दा, यसले अवलम्वन गरेका नीतिका कारणले गर्दा, यसले गरेका निर्णयहरुका कारणले गर्दा मुलुक आर्थिक रुपमा यो भयानक संकटको सम्मुखमा आइपुगेको छ । तर त्यसप्रति यसले चुप्पी साँधेको छ । मौनता गर्देको छ । मानौँ यसमा मुलुकको अर्थतन्त्र सबै लयमा छ । ठिकठाक छ भनेजस्तो ग¥या छ । यो नीति कार्यक्रम पूर्वाग्रही पनि छ । सरकार निरन्तरतामा चल्ने, बुझिने चिज हो । हिजोका राम्रा कामहरुलाई तिनको निरन्तरतामा सरकार अगाडी बढ्नुपर्ने हो । तर हिजोका राम्रा कामहरुलाई यसले निरन्तरता दिन चाहेको छैन ।’

नीति तथा कार्यक्रमले विगतमा अगाडी बढाइएका राष्ट्रिय गौरवका आयोजनाहरुका प्रभावकारी कार्यान्वयनमा कुनै चासो र चिन्ता व्यक्त नभएको उहाँको भनाई छ । राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकताका आयोजनाहरुलाई अगाडी बढाउने सन्दर्भमा पनि सरकार पूर्वाग्रही बनेको उहाँले आरोप लगाउनुभयो । स्थानीय तह निर्वाचन निष्पक्ष र भयरहित हुन नसकेको उल्लेख गर्दै उहाँले निष्पक्ष, भयरहित र स्वतन्त्र बातावरणमा निर्वाचन सम्पन्न भयो भनेर जनतालाई गुमराह गर्ने कोशिस भएको बताउनुभयो । नीति कार्यक्रम भाषिक दृष्टिकोणले पनि कमशल रहेको उहाँले बताउनुभयो । यसले मुलुकलाई कुनै नतिजा दिन नसक्ने उहाँले दाबी गर्नुभयो ।

उपाध्यक्ष पौडेलले अब गठबन्धनको ओरालो यात्रा सुरु हुने बताउनुभयो । आगामी निर्वाचनमा गठबन्धनको पटाक्षप हुने उहाँले बताउनुभयो । आगामी निर्वाचन पछि नेकपा(एमाले)को नेतृत्वमा सरकार बन्ने कुरालाई कसैले रोक्न नसक्ने उहाँले दाबी गर्नुभयो । उहाँले भन्नुभयो – ‘यो गठबन्धनको पटाक्षप आउने निर्वाचनमा हुनेवाला छ । गठबन्धनले जे गेन गर्न सक्ने हो, त्यो गरिसक्यो । अब यसको ओरालो यात्रा सुरु हुन्छ । र आउने निर्वाचनमा गठबन्धनको पटाक्षप हुन्छ । म तपाईहरुसँग फेरी दाबी गरेर भन्छु, आउने निर्वाचनमा नेकपा(एमाले)को नेतृत्वमा सरकार बन्ने कुरा कसैले रोक्न सक्दैन । नेकपा(एमाले) संसदको ठुलो पार्टी हुने एमालेको हैसियतलाई कसैले रोक्न सक्दैन । यसपटकको निर्वाचनमा पनि एकखालको प्रयोग भइसकेको छ । सारा दल एकातिर हुँदापनि नेकपा(एमाले)को श्रेष्ठतालाई कसैले खण्डित गर्न सकेको छैन । निर्वाचन परिणामका हिसाबले, निर्वाचित भएका पदाधिकारी सदस्य संख्याको हिसाबले एमाले दोस्रो भएको होला, जनमतको हिसाबले, संगठनात्मक शक्तिको हिसाबले एमालेलाई चुनौती दिने तागत कसैसँग छैन । एमालेसँग एक्लै प्रतिस्पर्धा गर्ने हैसियत नै कसैसँग छैन । यो त अहिले पनि देखिइसकेको छ ।’

उहाँले नीति तथा कार्यक्रमले मुलुकको आर्थिक संकटका कारणहरुलाई चिनेर त्यसको निराकरण गर्नेगरी ल्याउनुपर्नेमा त्यसो हुन नसकेको बताउनुभयो ।