२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बहुप्रतिक्षित चलचित्र कबड्डी ४ आउँदो शुक्रवारबाट



अ+ अ-

काठमाडौँ । दर्शकको मन जित्न सफल रहेको कबड्डी ब्राण्डको कबड्डी ४ (द फाइनल म्याच) आउँदो शुक्रवारबाट देशभर प्रदर्शन हुने भएको छ ।

मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर कबड्डी ४ को बारेमा जानकारी गराइएको हो । फिल्मको एडभान्स बुकिङ खुल्ला भएको जनाइएको छ । नेपाली चलचित्रको सोमवबारबाट नै बुकिङ खुला भएको यो पहिलोपटक हो ।

कार्यक्रममा नायक दयाहाङ राईले फिल्मले दर्शकलाई भरपुर मनोरञ्जन दिलाउने बताउनु भयो । उहाँले कबड्डी एकदेखि ४ सम्म आईपुग्दा काजीको जीवन कसरी चलिरहेको छ भन्ने कुरा फिल्ममा आफ्नो पात्रको अभिनय रहेको बताउनु भयो । उहाँले कबड्डी ४ विशेष हुने पनि बताउनु भयो ।

त्यस्तै नायक सौगात मल्लले कबड्डी ४ सिरिजको फाइनल म्याच भएकोले के हुन्छ भन्ने नै मुख्य भाग रहेको बताउनु भयो । त्यस्तै नव नायिका मिरुना मगरले आफ्नो लागि यो नयाँ भएपनि फिल्ममा कुनै कन्जुस्याइँ नगरेको बताउनु भयो ।

रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणी नेपाल, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, सारदा अधिकारी लगायतको अभिनय छ । ‘कबड्डी’को अन्तिम सिरिज भनिएको यस चलचित्रको कथा निर्देशक गरुङ र उपेन्द्र सुब्बाले मिलेर लेखेका हुन् ।