६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

कांग्रेसको अबको लक्ष्य तीनै तहको निर्वाचन जित्ने हो: सहमहामन्त्री महत

कांग्रेसको अबको लक्ष्य तीनै तहको निर्वाचन जित्ने हो: सहमहामन्त्री महत
file
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीको अबको लक्ष्य आगामी तीनै तहको निर्वाचन जित्ने रहेको बताउनुभएको छ । कांग्रेसले तीनै तहको निर्वाचन जित्न पार्टीको आगामी १४औँ महाधिवेशनको ठूलो भूमिका रहने उहाँले उल्लेख गर्नुभयो । 

कांग्रेसद्वारा आयोजित काठमाडौँ महानगरपालिका–४ र ५ द्वारा आयोजित छुट्टाछुट्टै वडा अधिवेशनको आज उद्घाटन समारोहमा सहमहामन्त्री महतले कांग्रेसको मुख्य लक्ष्य नै आगामी आम निर्वाचन जित्ने रहेको स्पष्ट पार्नुभयो । निर्वाचन जित्ने ढङ्गले सङ्गठन निर्माणमा लाग्नुपर्नेमा जोड दिँदै उहाँले त्यसमा क्रियाशील सदस्यको अहम भूमिका रहने बताउनुभयो । पार्टीको आदर्श, सिद्धान्त, नीति र अनुशासनमा रही निरन्तर क्रियाशील रहन उहाँले सबैमा आग्रह गर्नुभयो । 

“पार्टीमा समय दिनसक्ने, सङ्गठन विस्तार गर्नसक्ने र मतदातालाई आकर्षित गर्नसक्ने कार्यकर्ताको खाँचो छ,  सक्रिय सदस्य बन्नुभएका पार्टी कार्यकर्तालाई वडादेखि राष्ट्रिय तहसम्म पार्टीले सुम्पिएका जिम्मेवारी पूरा गरी पार्टीलाई जनतासँग जोड्ने प्रयासमा लाग्नुस्”, नेता महतले भन्नुभयो । कांग्रेसको नेतृत्वमा बनेको वर्तमान संविधानको भावना र मर्मअनुरुप एक तिहाइ स्थानमा महिला निर्वाचित गर्ने कामको थालनी भएको उहाँको भनाइ थियो । 

दुई तिहाइको सरकार राज्य सञ्चालनमा असफल भएपछि अप्ठ्यारो अवस्थामा कांग्रेसको नेतृत्वमा संयुक्त सरकार बनेको स्पष्ट पार्दै नेता महतले प्रतिकूलतासँग जुध्दै सरकार सम्पूर्ण नागरिकलाई खोप दिएर सुरक्षाको प्रत्याभूति दिलाउन लागि परेको बताउनुभयो । कांग्रेसका संस्थापक नेता बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले सोचेजस्तो नेपाली जनताको सेवा गर्दै  समृद्ध र स्वाभिमानी बनाउने जिम्मेवारी पूरा गर्न पार्टीको १४औँ महाधिवेशनले महत्वपूर्ण योगदान पु¥याउने नेता महतले बताउनुभयो ।