५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नगर प्रमुखमा लड्न प्रदेशसभा सदस्यबाट राजीनामा दिएका कलाम पराजित



अ+ अ-

रौतहट । मधेश प्रदेशका प्रदेशसभा सदस्यबाट राजीनामा दिएर स्थानीय तहमा उम्मेदवारी दिएका शेख अबुकलाम आजाद पराजित भएका छन् ।

रौतहटको गढीमाई नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका प्रदेशसभा सदस्य आजाद पराजित भएका हुन् । उनले प्रदेशसभाबाट राजीनामा दिएर जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट सो नगरपालिकामा प्रमुख पदका लागि उम्मेदवारी दिएका थिए ।

उनलाई नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार श्यामप्रसाद यादवले पराजित गरे । यादव दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । यादवले आठ हजार ६३१ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी आजादले आठ हजार ७३ मत हासिल गरे ।

सो नगरका लागि उपप्रमुख पदमा जसपाकी स्मिताकुमारी यादव निर्वाचित भएकी छन् । उनले छ हजार ६७१ मत हासिल गरिन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) का नागेन्द्र सिंहले पाँच हजार ९२ मत प्राप्त गरे ।

आजाद मधेश प्रदेश सरकारको विकास समितिको सभापतिसमेत थिए ।