३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा

हावामार्फत् प्रकाशपुञ्जका माध्यमले उच्च गतिको इन्टरनेट

हावामार्फत् प्रकाशपुञ्जका माध्यमले उच्च गतिको इन्टरनेट
अ+ अ-

बीबीसी । इन्टरनेट प्रदान गर्ने एउटा नयाँ तरिकाका रूपमा हावामार्फत किरणपुञ्ज (प्रकाशपुञ्ज)का माध्यमले कङ्गो नदीको वारपार सफलतापूर्वक डेटा प्रसार गरिएको छ।

यसको अर्थ ब्राजाभिल र कन्शासाका नागरिकहरूले सस्तोमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट पाउन सक्नेछन्।

प्रोजेक्ट टारा अल्फाबेट एक्स (पहिलेको गुगल एक्स) को यो एउटा 'मूनसट आइडिया' अर्थात् महत्त्वकाङ्क्षी मानिएको योजना हो।

यो योजना प्रोजेक्ट लून नामक परियोजना सम्पन्न भएपछि विकसित भएको हो।

उक्त परियोजनाले उचाइसँगै तापमान नघट्ने अथवा स्थिर रहने क्षेत्र (स्ट्रयाटोस्फेयर) मा इन्टरनेट उपलब्ध गराउन बेलुनको प्रयोग गर्ने गर्थ्यो।

पछिल्लो प्रयोगको अर्थ "विशेषगरी रिपब्लिक अफ कङ्गोको ब्राजाभिल र डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोको कन्शासाबीचको एकदमै अप्ठ्यारो 'कनेक्टिभिटी'को खाडललाई पुर्नु रहेको" उक्त समूहले एउटा ब्लगमा लेखेको छ।

ती दुई सहरहरू तीन माइल मात्र टाढा भए पनि परम्परागत रूपमा तारका माध्यमबाट जोड्दा नदी जताजता घुमेको छ त्यतैबाट तार घुमाउनु पर्छ।

त्यसले उक्त क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेटको शुल्क पाँच गुणा महँगो पर्न जान्छ।

अल्फाबेट एक्समा रहेको समूहले जनाए अनुसार उक्त 'वायरलेस अप्टिकल कम्युनिकेशन' (डब्लूओसी) प्रणालीले ९९.९ प्रतिशत उपलब्धताका साथ २० दिनमा ७०० टेराबाइट डेटा प्रदान गर्‍यो।

उसले आफ्नो ब्लगमा लेखेको छ, "यद्यपि हामी भविष्यमा सबैखाले मौसम र परिस्थितिमा पूर्ण विश्वसनीयताको अपेक्षा गर्दैनौँ, हामी केमा ढुक्क छौँ भने- टाराको सञ्जालले यस्तै काम गर्नेछ र ती सहरहरूमा बस्ने १ करोड ७० लाख मानिसलाई तीव्र गति र सुपथ मूल्यको कनेक्टिभिटीमा ल्याउनेछ।"

यो तीन वर्षदेखि विकासमा रहेको उक्त परियोजनाको पछिल्लो पुनरावृत्ति हो।

अल्फाबेट एक्सले सब-साहारा अफ्रिका क्षेत्रमा उच्च गतिको इन्टरनेट ल्याउन इकनेक्ट ग्रुप र लीक्विड टेलिकमसँग मिलेर काम गरिरहेको छ। उसले केन्यामा व्यावसायिक रूपमा सेवा सुरु गरिसकेको छ।

यो प्रविधिले कसरी काम गर्छ?

उक्त प्रणालीमा उच्च गतिलाई पठाउन एकदमै झिना र नदेखिने किरणपुँज (प्रकाशपुञ्ज) हरूको प्रयोग गरिन्छ।

त्यसको प्रयोग पनि डेटा प्रसारका लागि परम्परागत तारहरूको प्रयोगजस्तै गरी गरिन्छ।

उक्त प्रविधिलाई फ्रि स्पेस अप्टिकल कम्युनिकेसनका रूपमा चिनिन्छ।

यो प्रविधि व्यावसायिक रूपमा सफल हुने नदेखेपछि गत फेब्रुअरीमा अल्फाबेटले बन्द गरेको प्रोजेक्ट लूममा बेलुनहरूबीच प्रकाशपुञ्जको लेजर प्रयोग गरेको समूहले त्यसैबाट विकास गरेको हो।

यो प्रविधि पूर्ण छैन र उक्त समूहले पनि पूर्ण विश्वसनीयता नभएको स्वीकारेको छ।

उसले भनेको छ- चुनौतीपूर्ण अवस्थाहरू जस्तै बादल वा कुहिरो लागेको तथा उक्त प्रकाशपुञ्ज अगाडिबाट चरा उडेको अवस्थामा यसले विश्वसनीय रूपमा काम नगर्न सक्छ।

तर यसमा लेजर शक्तिको स्तरलाई समायोजन गरेर सुधार गरिएको छ। यसले केही मात्रामा दूरबिनको जसरी काम गर्छ।

प्रकाशपुञ्जलाई जहाँ लाने हो त्यहाँ पुर्‍याउने काम ऐनाहरू, प्रकाश,सफ्टवेयर र हार्डवेयरमा निर्भर गर्छ।

उक्त समूहले सञ्जाललाई अवरोध गर्दै उड्ने चराहरूका कारण उत्पन्न हुने अवरोधलाई कम गर्ने तरिका पनि खोजी गरेको छ।

"सन फ्रान्सिस्कोजस्तो हुस्सु वा तुवाँलो लाग्ने स्थानका लागि डब्लूओसी कहिल्यै पनि उपयुक्त नहुन सक्छ तर विश्वमा त्यस्ता कैयौँ क्षेत्रहरू छन् त्यहाँ टाराका लागि उपयुक्त मौसम छ," उक्त ब्लगमा लेखिएको छ।

उक्त प्रविधि केन्या, भारत, अमेरिका र मेक्सिकोमा पनि परीक्षण गरिएको थियो।