• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

राष्ट्रिय फुटबल टिमको कप्तानको जिम्मेवारी नवयुगलाई



काठमाडौं । राष्ट्रिय फुटबल टिमको कप्तानमा नवयुग श्रेष्ठ नियुक्त भएका छन् ।

मंगलबार राष्ट्रिय फुटबल टिमको बिदाइ गर्दै एन्फाले कप्तानको जिम्मेवारी श्रेष्ठलाई दिएको जनाएको छ ।

प्रशिक्षकसँगको विवादमा सिनियर ११ खेलाडी टिम बाहिर रहेपछि नवयुगले कप्तानको जिम्मेवारी पाएका हुन् ।

यसअघि राष्ट्रिय फुटबल टिममा कप्तानको रुपमा किरण चेम्जोङ रहँदै आएका थिए । रोहित चन्द सहित १० खेलाडीको कदममा किरणले समेत समर्थन जनाएका थिए ।

यसैगरी,एएफसी एसियन कप छनोट खेल्न कुवेत जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाइ पनि गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार साँझ नेपाली टोलीलाई बिदाइ गरेको हो ।

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज, एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेलाडीलाई बिदाइ गरेका थिए ।