२ भाद्र २०८३, मंगलवार
,
Latest
नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्राण्डीका अध्यक्ष कुँवरलाई मानार्थ डाक्टरको उपाधि



अ+ अ-

काठमाडौँ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका अध्यक्ष दीपक कुँवरलाई अन्तर्राष्ट्रिय मानार्थ डाक्टरको उपाधि प्रदान गरिएको छ । नेपालको नेपालको सामाजिक, व्यावसायिक तथा आर्थिक क्षेत्रमा प्रशंसनीय कार्य गरेबापत उनलाई सो उपाधि प्रदान गरिएको हो ।

थाइल्याण्डको राजधानी बैंककमा आयोजित समारोहमा फ्रान्सको राजधानी पेरिसमा सञ्चालित युरोपियन इन्टरनेसनल युनिभर्सिर्टीले कुँवरलाई शुक्रबार सो उपाधिले सम्मान गरेको हो । कुँवर नेपाल घरजग्गा व्यवसायी महासङ्घका द्वितीय उपाध्यक्षसमेत हुन् ।

उनले गुणस्तरीय हाउजिङ तथा अपार्टमेन्टसमेत निर्माण गरेर आफ्नो व्यावसायिक कुशलता देखाइसकेका छन् । कुँवर गोङ्गबूस्थित नयाँ बसपार्कको जिम्मा लिएको लोत्से बहुउद्देश्यीय प्रालिको पनि अध्यक्ष हुन् ।