६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

भक्तपुरमा कांग्रेस अधिवेशनको तयारी

भक्तपुरमा कांग्रेस अधिवेशनको तयारी
अ+ अ-

भक्तपुर । नेपाली कांग्रेस भक्तपुर जिल्लाको नगर अधिवेशन आउन चार दिन बाँकी रहँदा यहाँ अधिवेशनको चहलपहल सुरु भएको छ । आगामी ९ गतेबाट यहाँका चार वटा नगरपालिकामा हुने कांग्रेस अधिवेशनमा नगर सभापतिको आकांक्षी बढेपछि निर्वाचन हुने पनि पक्का भएको देखिएको छ । 

जिल्लाको भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा संस्थापन पक्ष सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, कृष्ण सिटौलादेखि प्रकाशमान सिंहको टिमबाटसमेत उम्मेदवारी दिने गरी नगरसभापतिको आकांक्षी बढेपछि नगर अधिवेशन सर्वसम्मत नेतृत्व चयनको सम्भावना नरहेको बताइएको छ । 

नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले ९ गते चारवटै नगरपालिकामा सुरु हुने अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको बताउनुभयो । यद्यपि आकांक्षी धेरै देखिएकाले सर्वसम्मत नेतृत्व चयन हुन नसक्दा १० गते प्रजातान्त्रिक पद्दतिअनुरुप निर्वाचनबाट नेतृत्व चयन गर्ने बताउनुभयो । 

नेपाली कांग्रेसले जिल्लाका ३८ वटा वडाको अधिवेशन सम्पन्न गरेसँगै नगर अधिवेशनमा नेतृत्व हत्याउन नेताको दौडधूप तथा उम्मेदवारी घोषणाको क्रम सुरु भएको हो । नगर अधिवेशनको परिणामले नै क्षेत्र र जिल्लाको अधिवेशनलाई प्रभाव पार्ने भएकाले समूह तथा उपसमूहमा रहेका नेता नगरको नेतृत्व आफ्नो पक्षमा पार्न छलफलमा लागेका छन् । 

जिल्ला सभापति दुर्लभ थापा, पूर्व जिल्ला सभापति गणेशमान चक्रधर, महेश श्रेष्ठ, अष्टकुमार कवे, विनोद कायस्थ, बाबुराजा जोशी, कृष्णलाल भँडेल, कविर राणा, उद्धव सिलवाल, विदुरमानसिं बस्नेतलगागतका नेता उम्मेदवार र मतदातालाई आफ्नो पक्षमा पार्न लागिपरेका कांग्रेस नेताको भनाइ छ ।

भक्तपुर नगरमा वर्तमान सभापति रामप्रसाद कासुला, पूर्व सभापति रवीन्द्र प्रधान, अनिल भुजु, प्रवीण लाखे, राजेन्द्र तमखु र शिव अवालले नगर सभापतिमा उम्मेदवारी दिने बताउनुभएको छ ।    यता मध्यपुरथिमि नगरपालिकामा पनि सभापतिको उम्मेदवारीका लागि दौडधूप बढेको छ । यस नपामा नगर सभापतिका लागि वर्तमान सभापति सुरेन्द्र श्रेष्ठ, हरिदास प्रजापति, ओम श्रेष्ठ, राम थापामगर, अनिल श्रेष्ठ, उमेश खड्काले उम्मेदवारी दिने बताउनुभएको छ ।

सूर्यविनायक नगर समितिको नेतृत्वका लागि दुई वटा समूहले प्यानलै उम्मेदवारी घोषणा गरेर प्रचारमा लागिसकेका छन् । जिल्ला सभापति दुर्लभ थापाको पक्षबाट जिल्ला सचिव निशान ढुङ्गेल र सूर्यविनायक नगर समितिका वर्तमान् उपसभापति रवि राणाले प्यानल नै घोषणा गरी प्रचारमा लाग्नुभएको छ । 

ढुङ्गेल नेतृत्वमा उपसभापतिमा रमण कायष्थ र रमेश अधिकारी, सचिवमा सुमन न्यौपाने र विश्वराम थापा, सहसचिवमा अमिर ढङ्गाना र सुरेश केसी तथा क्षेत्रीय प्रतिनिधिमा अम्बिका थापा र शशी बस्नेतको प्यानल प्रतिस्पर्धामा उत्रिएको छ । राणा नेतृत्वमा भने उपसभापतिमा दिनेश न्यौपाने र महेश केसी, सचिवमा उपेन्द्र तिमलसिना र लक्ष्मण थापा, सहसचिवमा रुपक न्यौपाने र राम गोतामे प्रतिष्पर्धामा उत्रिएका छन् । 

यता चाँगुनारायण नगर सभापतिमा वर्तमान् सभापति एवं चाँगुनारायण नगरपालिका–२ का वडाध्यक्ष, नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला उपमन्त्री शिवहरि केसी र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका सभापति एवं पूर्वकेन्द्रीय सदस्य मनोजकुमार थापाले उम्मेदवारी दिने बताउनुभएको छ । नगर सभापतिमा यादवप्रसाद अधिकारी, उद्धव खड्का र उमेश खड्काले पनि उम्मेदवारी दिने बताउनु भएको छ ।