१४ आश्विन २०८१, सोमबार
,
Latest
धितोपत्र बजार: कारोबार तीन महिनायताकै न्यून पहिराका कारण रोकिएका एक हजारभन्दा बढी गाडी बसपार्कबाट छुट्न थाले विपदको कहर: ललितपुरको बिजुली नियमित गर्न यथेष्ट जनशक्ति परिचालन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा हानाहान सरकारले वृद्धि गरिएको हवाई भाडादर नियन्त्रण गर्छ: मन्त्री दाहाल मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के पुरस्कार रौतहटमा बाढीले दुईको मृत्यु, पाँच हजार ५९५ विस्थापित गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष अख्तियारको प्रतिवेदन पेस २० वर्षदेखि राजमार्गमा गाउँले स्वाद पस्किरहेका मनहरि सुकुम्वासी बस्तीका बाढी पीडितको गुनासो: मेयर बालेनले वास्तै गरेनन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय सुनुवाई समितिद्वारा प्रश्तावित द्वय राजदुतको नाम अनुमोदन (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । संसदीय सुनुवाई समितिले श्रीलंका र डेनमार्कका लागि सरकारद्वारा प्रश्तावित द्वय राजदुतको नाम सर्वसम्मतले अनुमोदन गरेको छ ।

मंगलवार बसेको समितिको बैठकले श्रीलंकाका लागि प्रश्तावित नेपाली राजदुत वासुदेव मिश्र र डेनमार्कका लागि प्रश्तावित राजदुत प्रा.डा. रामस्वार्थ रायको नाम सर्वसम्मतले अनुमोदन गरेको हो । यसअघि समितिले सरकारद्वारा विभिन्न १८ देशका लागि प्रश्तावित राजदुतहरुको नाम अनुमोदन गरेको थियो ।

सरकारद्वारा प्रश्तावित द्व राजदुत राय र मिश्रबिरुद्ध भने उजुरी परेकोले अनुमोदन हुन बाँकी थियो । बैठकमा बोल्दै समितिका सभापति लक्ष्मणलाल कर्णले प्रश्तावित द्व राजदुत मिश्र र रायबिरुद्ध परेको उजुरी औचित्यहीन भएकोले समितिले सर्वसम्मत राजदुतको नाम अनुमोदन गरेको बताउनु भयो ।

सभापति कर्णले भन्नुभयो, ‘हामीले लामो समयदेखि २० जना प्रश्तावित राजदुतहरुको सुनुवाई गरिरहेका थियौँ । समितिले दिनरात नभनि काम गरेको छ । उजुरीको कारणले दुई जनाको अनुमोदन गर्न बाँकी थियो । उजुरी सम्बन्धमा हामीले गहन अनुसन्धान गरेर, पत्राचार गरेर, अध्ययन गरेर, आज त्यसमा विस्तृत रुपबाट छलफल गरेका छौँ । छलफल गर्दा उजुरीमा कुनै औचित्य नदेखिएकोले आयोगको पत्राचारबाट पनि हामीले आज डा. रामस्वार्थ राय र वासुदेव मिश्रलाई श्रीलंका र डेनमार्कको लागि प्रश्तावित राजदुतलाई सर्वसम्मतले अनुमोदन गरेका छौँ ।’

समिति सभापति कर्णले सरकारद्वारा प्रश्तावित द्वय राजदुत मिश्र र रायबिरुद्ध परेका उजुरीहरुको बारेमा गहन छलफल गरेर अनुमोदन गरेको बताउनु भयो ।