• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   लखनउ जितको बावजुद प्लेअफ दौडबाट बाहिर, मुम्बई लगातार दोस्रो सिजन पुछारमा रह्यो ★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन ★   अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली ★   जब शुभमन गिलले अभिषेक शर्माको आमाको पाउ छोए ★   बैंगलोर र चेन्नईको खेलमा वर्षा भएपनि आधा घण्टामा मैदान सुकाइने ★   मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने

पोखरा महानगरपालिका-१८ मा पुनःमतगणनाको माग



file

गण्डकी । नेकपा एमालेले पोखरा महानगरपालिका वडा नं १८ मा पुनः मतगणना गर्न माग गरेको छ । वडा नम्बर १८ मा मत कम भएको भन्दै उक्त दलले पुनः मत गणना गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएको हो ।

उक्त वडाको आज बिहान अन्तिम नतिजा घोषणा हुँदा तीन मत अन्तरले नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार उम्मेदवार शिवप्रसाद तिमल्सिना विजयी भएको घोषणा गरिएको थियो ।

उक्त वडामा पुनःमतगणनाका लागि माग गर्दै एमालेबाट निवेदन आएको मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी दिनुभयो । निवेदनका सम्बन्धमा निर्वाचन कानुनअनुसार अघि बढ्ने उहाँले बताउनुभयो । महानगरमा खसेको कूल एक लाख ४३ हजार २२६ मतमा अब करिब पाँच हजार मत गन्न बाँकी छ । महानगरका वडा नं २२, ३२ र ३३ को मतगणना बाँकी रहेको जनाइएको छ । हालसम्म २२ वटा वडामा कांग्रेस विजयी भएको छ भने आठवटा वडामा एमाले विजयी भएको छ ।

हालसम्म एक लाख ३८ हजार २११ मत गणना भइसकेकामा गठबन्धनका तर्फबाट महानगरको प्रमुख पदका उम्मेदवार धनराज आचार्यले ५६ हजार ४७१ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी कृष्ण थापाले ५१ हजार १८५ मत प्राप्त गर्नुभयो । उमप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङ ५८ हजार ५८२ मतसहित अघि हुनहुन्छ भने गठबन्धनका तर्फबाट कांग्रेसकी कोपिला रानाभाटले ५४ हजार ५४७ मत प्राप्त गर्नुभएको छ ।