• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

भरतपुरको मतगणना स्थगित



काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणना स्थगित भएको छ । एमाले प्रतिनिधि गणनास्थलभित्रै प्रवेश गरेपछि मतगणना स्थगित भएको हो ।

प्रहरीले एमालेका ती प्रतिनिधिलाई नियन्त्रणमा लिएको छ भने एमालेले उनको रिहाइ नभएसम्म मतगणना हुन नसक्ने भन्दै अवरोध गरेको छ ।

मतगणनामा विवाद भएकाले केही क्षणका लागि स्थगित भएको चितवनका मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले जानकारी दिए । सहमति खोज्ने प्रयास भइरहेको उनले जनाएका छन् ।