२८ श्रावण २०८३, बिहीबार
,
Latest
शुन्य समयः प्रेस स्वतन्त्रता, महँगी र विकास आयोजनाका प्रभावबारे सरकारको ध्यानाकर्षण अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विस्तार गर्न सरकारलाई अर्थ समितिको निर्देशन कांग्रेसले भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन गर्ने नापजाँच सकिएको चार वर्षपछि भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा स्वदेश फर्किएलगत्तै देउवाले भने: शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ नागरिकलाई पर्याप्त खानेपानी उपलब्ध गराउन तीन तहको कार्ययोजना बनाउन निर्देशन स्थानीय तहमा बैंकको शाखा विस्तार गरेर मात्रै वित्तीय पहुँच नपुग्ने रहेछः अर्थसचिव उपाध्याय जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री जापानिज इन्सेफ्लाइटिसबाट पाँचको मृत्यु ग्यास वितरण सहज बनाउन काठमाडौं उपत्यकामा सादा पोसाकका प्रहरी परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुखमा खसेको भोट पनि आफ्नोमा कायम हुनुपर्ने मागसहित श्रेष्ठको निवेदन



अ+ अ-

काठमाडौँ । गठबन्धनका तर्फबाट काठमाडौँ महानगरपालिकाको उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठले मुख्य निर्वाचन अधिकृतसमक्ष निवेदन दिएका छन् ।

श्रेष्ठले आइतबार उम्मेदवार नभएको रुखमा खसेको मतसमेत आफ्नोमा कामय गरिदिन मुख्य निर्वाचन अधिकृत राजुकुमार श्रेष्ठसमक्ष निवेदन दिएका हुन् । रुखमा खसेको भोट पनि आफ्नोमा कामय गरिनुपर्ने उनले उल्लेख गरेका छन् ।

गठबन्धनले काठमाडौँको मेयरमा कांग्रेसकी सिर्जना सिंहलाई उम्मेदवार बनाएको छ भने उपप्रमुखमा एकीकृत समाजवादीका श्रेष्ठलाई अघि सारेको छ ।

निर्वाचन आयोगको पछिल्लो औपचारिक विवरण अनुसार श्रेष्ठ एमालेकी सुनिता डंगोलभन्दा करिब तेब्बर मतले पछि परेका छन् । उपप्रमुखमा करिब ३८ हजार मत बदर भएको श्रेष्ठले जनाएका छन् ।

‘उम्मेदवार नभएको निर्वाचन चिन्हमा मात्र मत सङ्केत गरिएको मतपत्रलाई सो पदका हदसम्म मात्र बदर गर्नुपर्नेमा प्रतिस्पर्धीद्वारा नै नभएका कलम र रुख चिन्हमा मतसङ्केत भए पनि म उम्मेदवार भएको कलम चिन्हको मत सङ्केतलाई समेत बदर गरी गणना गरेको र यसबाट मत परिणाममा असर परी, उपविजेता हुने उम्मेदवारले जित्ने र जित्ने उम्मेदवारले हार्ने अवस्थाको गणितीय अवस्था देखापरेको छ ।

तसर्थ स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १७, १९, २२, २४ र २६ को भावना र मनशायअनुसार हुनेगरी प्रतिस्पर्धी उम्मेदवार नै नभएका कलम र रुख चिन्हमा मतसङ्केत भएका मतपत्रमा म उम्मेदवार भएको कलम चिन्हको मतसङ्केतलाई सदरमानी स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ५२ बमोजिम तत्काल पुनः दाहोर्‍याइ गणना गर्न र बाँकी मतपत्रसमेत यसै कानुनी आधारमा गणना हुन मतदान (मतगणना( अधिकृतलाई आदेश गरिपाउँ।’ उनले निवेदनमा भनेका छन् ।




भर्खरै