२ भाद्र २०८३, मंगलवार
,
Latest
टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते अमेरिका–इरान वार्ता पुनः सुरु गर्न होर्मुज सम्झौता महत्वपूर्ण हुने कतारको भनाइ प्रज्ञा प्रतिष्ठानको विरासतदेखि विवादित नियुक्तिसम्म : कहाँ चुक्दैछ राज्य ? एनपिएलमा पुरानै विदेशी खेलाडीमाथि फ्रेन्चाइज टोलीको भरोसा स्वतन्त्र, निष्पक्ष र विश्वासनीय निर्वाचन गराउने प्रमुख आयुक्त कार्कीको भनाइ युटीएमबी वल्र्ड सिरिजमा दावा ९९औँ ओस्कार अवार्डः ‘इन्टरनेसनल फिचर फिल्म’ का लागि आवेदन खुला दलहरूकै कमजोरीका कारण संक्रमणकालीन न्याय टुंगोमा पुग्न सकेनः मैना कार्की टिआरसीको विषय रास्वपा सरकारलाई टुंगोमा पुर्‍याउने अवसर छः डा. रामकुमार भण्डारी लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियाका नयाँ प्रधानमन्त्रीद्धारा सपथग्रहण



अ+ अ-

क्यानबेरा । अष्ट्रेलियाका नवनिर्वाचित प्रधानमन्त्री एन्थोनी अल्बानीले सोमबार सपथ लिनु भएको छ । गत शनिबार भएको निर्वाचनमा सत्तारुढ गठबन्धनलाई पराजित गर्दै विजयी हुनुभएका लेबर पार्टीका नेता अल्बानीले अष्ट्रेलियाको ३१औँ प्रधानमन्त्रीका रुपमा सपथ लिनु भएको हो ।

उहाँसँगै केही मन्त्रीहरुलाई पनि सपथ खुवाइएको छ । उपप्रधान तथा रोजगार मन्त्रीको रुपमा रिचार्ड मार्लेस, विदेश मन्त्रीका रुपमा पेन्नी वाङ र अर्थमन्त्री तथा महिला मन्त्रीका रुपमा कटी जाल्लाघरलाई सपथ खुवाइएको हो । जापानको राजधानी टोकियोमा मङ्गलबार हुन लागेको “द क्युड” सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री र विदेशमन्त्री जानु पर्ने भएकाले हतार हतार सपथ ग्रहण कार्यक्रम गरेको जनाइएको छ ।

सम्मेलनमा अमेरिका, जापान र भारतका शिर्ष नेता र विदेश मन्त्रीसमेत सहभागी भएकाले अष्ट्रेलियाका विदेश मन्त्री जानु पर्ने भएको हो । उहाँ सोमबार नै सपथ ग्रहणलगत्तै त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।प्रधानमन्त्री अल्बानी स्वदेश नफर्किदासम्म उपप्रधानमन्त्री मार्लेसले कार्यबहाक प्रधानमन्त्रीको जिम्मेबारी सम्हाल्नुहुने भएको छ ।

अष्ट्रेलियाको तल्लो सङ्घीय संसद्मा १५१ सिट रहेको छ । अष्ट्रेलियाको तल्लो सङ्घीय संसद्मा बहुमत पु¥याउनका लागि कम्तीमा ७६ सिट जित्नु पर्दछ । त्यो पु¥याएर लेवर पार्टीले नयाँ सरकार गठन गरेको हो । सत्तारुढ गठवन्धनको नेतृत्व गर्नु भएका निवर्तमान प्रधानमन्त्री स्कट मोरिसनले पराजय स्विकार गर्दै तत्काल प्रधानमन्त्री र पार्टीको नेतृत्वबाट राजीनामा दिनु भएको थियो ।

अष्ट्रेलियामा १८ वर्ष पुरा भएका हरेक नागरिकले अनिवार्य मतदान गर्नुपर्ने व्यवस्था छ । निर्वाचन आयोगकाअनुसार यो वर्ष मतदाताको कुल सङ्ख्या एक करोड ७० लाखभन्दा बढी छ । मतदानका लागि देशभरी सात हजारभन्दा बढी मतदान केन्द्र तोकिएका थिए ।