• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
Latest
★   मुम्बई आईपीएल प्लेअफको दौडबाट बाहिरियो, कोलकाताकोे १२ वर्षपछि वानखेडेमा जित ★   सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत लिनै कठिन, एमाले झन् रिसायो ★   डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता ★   कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आज हुरीबतासको चेतावनी ★   अमिरिकी डिभीको नतिजा आज आउँदै, कसरी हेर्ने ? ★   विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ (फोटो फिचरसहित) ★   आउँदो २०८४ साल सम्म एकीकृत समाजवादी र कलम चिन्ह रहन्छ कि रहदैन थाहा छैन: पूर्वमन्त्री… ★   भारतका प्रधान न्यायाधीश डा चन्द्रचुड नेपालमा ★   निराश हुनुपर्ने अवस्था छैन: अध्यक्ष ढकाल ★   अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुन्छः दूरसञ्चार प्राधिकरण

अष्ट्रेलियाका नयाँ प्रधानमन्त्रीद्धारा सपथग्रहण



क्यानबेरा । अष्ट्रेलियाका नवनिर्वाचित प्रधानमन्त्री एन्थोनी अल्बानीले सोमबार सपथ लिनु भएको छ । गत शनिबार भएको निर्वाचनमा सत्तारुढ गठबन्धनलाई पराजित गर्दै विजयी हुनुभएका लेबर पार्टीका नेता अल्बानीले अष्ट्रेलियाको ३१औँ प्रधानमन्त्रीका रुपमा सपथ लिनु भएको हो ।

उहाँसँगै केही मन्त्रीहरुलाई पनि सपथ खुवाइएको छ । उपप्रधान तथा रोजगार मन्त्रीको रुपमा रिचार्ड मार्लेस, विदेश मन्त्रीका रुपमा पेन्नी वाङ र अर्थमन्त्री तथा महिला मन्त्रीका रुपमा कटी जाल्लाघरलाई सपथ खुवाइएको हो । जापानको राजधानी टोकियोमा मङ्गलबार हुन लागेको “द क्युड” सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री र विदेशमन्त्री जानु पर्ने भएकाले हतार हतार सपथ ग्रहण कार्यक्रम गरेको जनाइएको छ ।

सम्मेलनमा अमेरिका, जापान र भारतका शिर्ष नेता र विदेश मन्त्रीसमेत सहभागी भएकाले अष्ट्रेलियाका विदेश मन्त्री जानु पर्ने भएको हो । उहाँ सोमबार नै सपथ ग्रहणलगत्तै त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।प्रधानमन्त्री अल्बानी स्वदेश नफर्किदासम्म उपप्रधानमन्त्री मार्लेसले कार्यबहाक प्रधानमन्त्रीको जिम्मेबारी सम्हाल्नुहुने भएको छ ।

अष्ट्रेलियाको तल्लो सङ्घीय संसद्मा १५१ सिट रहेको छ । अष्ट्रेलियाको तल्लो सङ्घीय संसद्मा बहुमत पु¥याउनका लागि कम्तीमा ७६ सिट जित्नु पर्दछ । त्यो पु¥याएर लेवर पार्टीले नयाँ सरकार गठन गरेको हो । सत्तारुढ गठवन्धनको नेतृत्व गर्नु भएका निवर्तमान प्रधानमन्त्री स्कट मोरिसनले पराजय स्विकार गर्दै तत्काल प्रधानमन्त्री र पार्टीको नेतृत्वबाट राजीनामा दिनु भएको थियो ।

अष्ट्रेलियामा १८ वर्ष पुरा भएका हरेक नागरिकले अनिवार्य मतदान गर्नुपर्ने व्यवस्था छ । निर्वाचन आयोगकाअनुसार यो वर्ष मतदाताको कुल सङ्ख्या एक करोड ७० लाखभन्दा बढी छ । मतदानका लागि देशभरी सात हजारभन्दा बढी मतदान केन्द्र तोकिएका थिए ।