२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाख्रा चराउन गएकी किशोरी मृत फेला



सांकेतिक तस्बिर
अ+ अ-

फुङ्लिङ । ताप्लेजुङकमा बाख्रा चराउन जङ्गल गएकी किशोरी आज मृत भेटिएकी छन् । फुङलिङ नगरपालिका–३ सिम्लेकी १७ वर्षीया शर्मिला भट्टराई मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भीरबाट लडेर मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको छ । आइतबार मध्यान्ह १२ बजेतिर बाख्रा लिएर गएकी उनी साँझसम्म नफर्किएपछि परिवारका सदस्य खोजीमा निस्किएका थिए ।

बाख्रा बाटोमा भेटेपछि सशङ्कित उनीहरुले खोजी गर्ने क्रममा मृत भेटिएको र प्रहरीलाई खबर गरेको स्थानीयवासीले जनाएका छन् । थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।