• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   गौतम गम्भीर भारतको मुख्य प्रशिक्षक बन्न लागेका हुन् ? ★   सत्तापक्ष पछि हट्दै, कांग्रेस पनि गल्दै, आज सहमतिको संकेत ★   गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मुत्यु ★   इन्टरपोलमार्फत युएईबाट पक्राउ परेका दुईजनालाई नेपाल ल्याइयो ★   लखनउ जितको बावजुद प्लेअफ दौडबाट बाहिर, मुम्बई लगातार दोस्रो सिजन पुछारमा रह्यो ★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन

थापाले जोगाउन नसकेको बीऊ र लिङ्देनले हुर्काउन खोजेको विरुवा



काठमाडौं । देशमा चुनाव आयो कि चर्चा हुन्थ्यो कमल थापाको । किनभने उनले घरि कोसँग घरि कुन राजनीतिक दलसँग एकताका लागि हात फैलाउने गर्दथे । तर यो एकतालाई सोही दल र बाहिर पनि हात फैलाएको रुपमा हैन कि लहसिएको भन्थे मानिसहरु ।

अहिले पनि उनी लहसिए नै । यसलाई पनि उनको बचेखुचेको पार्टीका नेताहरुले अप्राकृतिक लसपस भनेका छन् । यो पहिले पनि किन भन्थे भने उनको ट्युन केपी ओलीसँग मिल्ने गर्दथ्यो तर त्यो धेरैलाई मन पर्दैनथ्यो । किनभने कम्युनिष्टसँग मिलेर चुनावमा जानुभन्दा गच्छेअनुसार जति आउँछ त्यति मात्र खाउँ भन्थे पार्टीका नेता कार्यकर्ता । तर थापाले भनेपनि प्रायः निर्णय फिर्ता हुदैनथ्यो ।

अहिलेको चुनावमा पनि कमल थापाको थोरै धेरै चर्चा चल्यो नै । किनभने उनी राप्रपाबाट अलग भएका थिए । पहिले पनि उनी धेरै पटक अलग भए तर उनी राप्रपा फुटाएर जाने गर्दथे । तर यसपालि भने उनले फुटाएर राप्रपा फुटेन, बरु जुट्यो । त्यसैले उनी आफूमात्र अलग भए । यसरी एक्लिएका थापाले आफ्नो एजेण्डा पनि एक्लाएका थिए । राप्रपाको पहिचान हिन्दू धर्म र राजसंस्था हो ।

त्यसमा उनी अब अडिग रहेनन् । यो चुनावमा उनले कति मत ल्याउलान् भन्ने चर्चा थियो । तर त्यो चर्चाले चर्चै पाउन सकेन । यस पटक स्थानीयतहको निर्वाचनमा राप्रपाले चार नगरपालीका ४ गाँउपालिका ,६५ ओटा वडा र ३७१ सदस्य जितेर जवरजस्त उपस्थिती जनाएको छ ।

राजेन्द्र लिङ्देन राप्रपाको अध्यक्ष भएदेखि नै छट्पटिएका हुन् उनी । हुनत कमल थापा एक वाकपटुता भएका नेता हुन् । तर त्यो भन्दा धेरै गुणा बढी गुण बोकेर आइदिए राजेन्द्र । उनी युवा पनि छन् । अहिले देशले देशैभरिबाट युवा नै खोजिरहेको छ । त्यसैले पनि राजेन्द्रको काँधमा थप भारी परेको छ । जसरी काठमाडौँ, धरान र धनगढीले विद्रोह चाहेको छ, राप्रपा भित्र पनि त्यसको झझल्को देखिएको छ । युवा र काममध्ये दुवै रोज्ने देशबासीले अहिले राजेन्द्रलाई पनि ठाउँठाउँबाट रोजेका छन् । राजेन्द्रको नेतृत्व यसरी पनि सफल हुन पुगेको छ । त्यसमा पनि राजेन्द्र राज्यसत्तामा प्रयोग नभएका नेता हुन् ।

उनको काँधमा कमल थापाले सक्न खोजेको राप्रपाको बीउ जोगाउने अभिभारा पनि छ । कमल थापाले राप्रपाको बीउ नै मास्न खोजे तर यता राजेन्द्रले भने बिरुवा हुर्काउन चाहेका छन् । बिरुवा हुर्काउन खोजेका छन् । मुलुकमा राप्रपा भन्ने बित्तिकै अब कमल थापा भन्ने पर्याय हिजो थियो होला तर अब रहेन । किनकि जब जब कमल थापा राप्रपाको बीउ मास्न खोज्छन् उनैले रोपेको बिरुवा हुर्काउने ध्याउन्नमा राजेन्द्र लाग्छन् । अनि उनीमाथि कार्यकर्ताको भरोसा पनि यसरी देखियो कि कमल थापा हुँदा कल्पनै नगरेको काठमाडौँदेखि उता झापासम्म राप्रपा यसरी उदायो ।

अहिले राप्रपाभित्रको चर्चाको विषय यही हो । काठमाडौँको संखरापुरमा राप्रपाले मेयर जित्यो भने उता थापाकै गृहनगर हेटौँडामा उनी छँदा कहिल्यै नआएको मत अहिले आयो । अनि मेचीदेखि महाकालीसम्मका केही स्थानमा राप्रपाको हलोले नेतृत्व पाएको छ । राजेन्द्रमाथिको यो भरोसा आउने दिनमा त खोइ के कसरी रहला भन्न सकिन्न ।

तर राप्रपाको महाधिवेशन र अहिलेको यो स्थानीय चुनावकै जस्तो सभ्य र सालिन नेतृत्व आउने दिनमा पनि निरन्तर राख्न सके भने उनीमाथिको भरोसा थप झांगिन पनि सक्छ । अनि उनको कार्यसमितिको अहिलेका युवा सारथिहरुको बलले आउने दिनमा बलियो व्यवस्थाका लागि स्थान बनाउन पनि सक्नेछन् ।