५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

थापाले जोगाउन नसकेको बीऊ र लिङ्देनले हुर्काउन खोजेको विरुवा



अ+ अ-

काठमाडौं । देशमा चुनाव आयो कि चर्चा हुन्थ्यो कमल थापाको । किनभने उनले घरि कोसँग घरि कुन राजनीतिक दलसँग एकताका लागि हात फैलाउने गर्दथे । तर यो एकतालाई सोही दल र बाहिर पनि हात फैलाएको रुपमा हैन कि लहसिएको भन्थे मानिसहरु ।

अहिले पनि उनी लहसिए नै । यसलाई पनि उनको बचेखुचेको पार्टीका नेताहरुले अप्राकृतिक लसपस भनेका छन् । यो पहिले पनि किन भन्थे भने उनको ट्युन केपी ओलीसँग मिल्ने गर्दथ्यो तर त्यो धेरैलाई मन पर्दैनथ्यो । किनभने कम्युनिष्टसँग मिलेर चुनावमा जानुभन्दा गच्छेअनुसार जति आउँछ त्यति मात्र खाउँ भन्थे पार्टीका नेता कार्यकर्ता । तर थापाले भनेपनि प्रायः निर्णय फिर्ता हुदैनथ्यो ।

अहिलेको चुनावमा पनि कमल थापाको थोरै धेरै चर्चा चल्यो नै । किनभने उनी राप्रपाबाट अलग भएका थिए । पहिले पनि उनी धेरै पटक अलग भए तर उनी राप्रपा फुटाएर जाने गर्दथे । तर यसपालि भने उनले फुटाएर राप्रपा फुटेन, बरु जुट्यो । त्यसैले उनी आफूमात्र अलग भए । यसरी एक्लिएका थापाले आफ्नो एजेण्डा पनि एक्लाएका थिए । राप्रपाको पहिचान हिन्दू धर्म र राजसंस्था हो ।

त्यसमा उनी अब अडिग रहेनन् । यो चुनावमा उनले कति मत ल्याउलान् भन्ने चर्चा थियो । तर त्यो चर्चाले चर्चै पाउन सकेन । यस पटक स्थानीयतहको निर्वाचनमा राप्रपाले चार नगरपालीका ४ गाँउपालिका ,६५ ओटा वडा र ३७१ सदस्य जितेर जवरजस्त उपस्थिती जनाएको छ ।

राजेन्द्र लिङ्देन राप्रपाको अध्यक्ष भएदेखि नै छट्पटिएका हुन् उनी । हुनत कमल थापा एक वाकपटुता भएका नेता हुन् । तर त्यो भन्दा धेरै गुणा बढी गुण बोकेर आइदिए राजेन्द्र । उनी युवा पनि छन् । अहिले देशले देशैभरिबाट युवा नै खोजिरहेको छ । त्यसैले पनि राजेन्द्रको काँधमा थप भारी परेको छ । जसरी काठमाडौँ, धरान र धनगढीले विद्रोह चाहेको छ, राप्रपा भित्र पनि त्यसको झझल्को देखिएको छ । युवा र काममध्ये दुवै रोज्ने देशबासीले अहिले राजेन्द्रलाई पनि ठाउँठाउँबाट रोजेका छन् । राजेन्द्रको नेतृत्व यसरी पनि सफल हुन पुगेको छ । त्यसमा पनि राजेन्द्र राज्यसत्तामा प्रयोग नभएका नेता हुन् ।

उनको काँधमा कमल थापाले सक्न खोजेको राप्रपाको बीउ जोगाउने अभिभारा पनि छ । कमल थापाले राप्रपाको बीउ नै मास्न खोजे तर यता राजेन्द्रले भने बिरुवा हुर्काउन चाहेका छन् । बिरुवा हुर्काउन खोजेका छन् । मुलुकमा राप्रपा भन्ने बित्तिकै अब कमल थापा भन्ने पर्याय हिजो थियो होला तर अब रहेन । किनकि जब जब कमल थापा राप्रपाको बीउ मास्न खोज्छन् उनैले रोपेको बिरुवा हुर्काउने ध्याउन्नमा राजेन्द्र लाग्छन् । अनि उनीमाथि कार्यकर्ताको भरोसा पनि यसरी देखियो कि कमल थापा हुँदा कल्पनै नगरेको काठमाडौँदेखि उता झापासम्म राप्रपा यसरी उदायो ।

अहिले राप्रपाभित्रको चर्चाको विषय यही हो । काठमाडौँको संखरापुरमा राप्रपाले मेयर जित्यो भने उता थापाकै गृहनगर हेटौँडामा उनी छँदा कहिल्यै नआएको मत अहिले आयो । अनि मेचीदेखि महाकालीसम्मका केही स्थानमा राप्रपाको हलोले नेतृत्व पाएको छ । राजेन्द्रमाथिको यो भरोसा आउने दिनमा त खोइ के कसरी रहला भन्न सकिन्न ।

तर राप्रपाको महाधिवेशन र अहिलेको यो स्थानीय चुनावकै जस्तो सभ्य र सालिन नेतृत्व आउने दिनमा पनि निरन्तर राख्न सके भने उनीमाथिको भरोसा थप झांगिन पनि सक्छ । अनि उनको कार्यसमितिको अहिलेका युवा सारथिहरुको बलले आउने दिनमा बलियो व्यवस्थाका लागि स्थान बनाउन पनि सक्नेछन् ।