११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीको स्थायी समिति बैठक बस्दै, मन्त्रीहरूको छिनोफानोको तयारी



अ+ अ-

काठमाडौं । आज दिउँसो तीन बजे नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक बस्दैछ । मन्त्रिपरिषद् विस्तारबारे सरकारमाथि आलोचन बढ्न थालेपछि यसलाई टुंगोमा लगाउन आजको बैठकमा नेकपा (माओवादी केन्द्र) बाट सरकारमा पठाउने मन्त्रीहरूको छिनोफानो र सांगठानिक संरचनाबारे निर्णय हुने बताइएको छ ।

हिजो भएको गठबन्धन बैठकमा छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिन नभए माओवादीबाट मात्रै भए पनि मन्त्री बनाउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जोड दिएका थिए । आज नभए भोलिसम्म मन्त्रिपरिषद् विस्तार हुने बताईएको छ । 

एकीकृत समाजवादीको वैधानिकताको विषय अदालतबाट टुंगिन बाँकी रहेकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भईरहेको छ ।