• १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
  •   Unicode
Logo
Latest
★   सरकारको भनाइ एकातिर छ, गराइ अर्कोतिरः प्रमुख प्रतिपक्षी कांग्रेस ★   नीति तथा कार्यक्रम बजेटमा समावेश गर्नसके आशा जगाउन सक्ने आएको छः अध्यक्ष ढकाल ★   प्रतिनिधिसभा बैठकः प्रमुख प्रतिपक्षीको अवरोध जारी, जेठ ३ गतेसम्मलाई स्थगित ★   प्रतिनिधि सभाको बैठकमा कांग्रेसको अवरोध ★   सन्दीपको मुद्दा आज पनि हेर्दाहेर्दैमा ★   काँग्रेसद्वारा राष्ट्रिय सभा बैठक अवरुद्ध ★   अदालती समय सकियो, सन्दीपको मुद्दामा भने बहस जारी ★   हुम्लाका तीन बस्ती अन्धकारमा ★   तीनकुने जग्गाको विवाद समाधान गर्न गृहमन्त्री लामिछानेको ध्यानाकर्षण ★   भगवतीले देवताको रक्षा गरेको खुसियालीमा चण्डेश्वरी जात्रा

तनहुँको व्यास नगरपालिकामा कांग्रेस विजयी



तनहुँ,९ जेष्ठ । तनहुँको व्यास नगरपालिकाको प्रमुख पदमा नेपाली काङ्ग्रेसका उम्मेदवार वैकुण्ठनाथ न्यौपानेले १२ हजार ७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँ दोस्रो कार्यकालका लागि नगरप्रमुखमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ११ हजार आठ सय २६ मत प्राप्त गर्नुभयो ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत सो नगरपालिकाको उपप्रमुख पदमा काङ्ग्रेसका इन्दिरा दरैले १३ हजार चार सय ९८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले) का वसुन्धरा घर्तीले दश हजार ४२ मत प्राप्त गर्नुभयो ।

कूल १४ वडामध्ये कांग्रेसले ११ वडामा प्यानलसहित जितेको छ भने एमालेले तीन वडामा वडाध्यक्ष जितेको छ । एमालेले वडाध्यक्ष जितेको वडामा पनि कांग्रेसले सबै सदस्य जितेको छ । एमालेले व्यास–४, ५ र ७ को वडाध्यक्षमात्रै जितेको छ ।

व्यास–१ को वडाध्यक्षमा रमेशचन्द्र हड्खले, २ को अध्यक्षमा काशीराम श्रेष्ठ, ३ को अध्यक्षमा अनुप राना, ४ को अध्यक्षमा मनबहादुर गुरुङ, ५ को अध्यक्षमा विष्णुकुमार श्रेष्ठ, ६ को अध्यक्षमा जीवन गुरुङ, ७ को अध्यक्षमा कृष्णप्रसाद न्यौपाने, ८ को अध्यक्षमा युवराज गुरुङ, ९ को अध्यक्षमा सुरेश थापा, १० को अध्यक्षमा खेमराज पोख्रेल, ११ को अध्यक्षमा दलबहादुर दुरा, १२ को अध्यक्षमा बमबहादुर आले, १३ को अध्यक्षमा वसन्तबहादुर आले र १४ को अध्यक्षमा काजीमान श्रेष्ठ विजयी हुनुभएको छ । रासस