२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्यू टावरको अर्थ नबुझ्नेहरु यसको विरोध गर्छन् – ओली



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भ्यू टावरको अर्थ नबुझ्नेहरुले यसको विरोध गर्ने गरेको टिप्पणी गर्नु भएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले भ्यूटावरको अर्थ र महत्व नबुझेकै कारण नेपाली काँग्रेसले आफ्नो स्थानीय तह निर्वाचनसम्बन्धि घोषणा पत्रमा भ्यूटावर बनाउदैनौं भनेर उल्लेख गरेको जिकीर समेत गर्नु भयो ।

आईतबार काठमाडौंमा मीना श्रेष्ठद्वारा लिखित कविता संग्रह ‘फर्गेट एस्टडे’ विमोचन गर्दै उहाँले भ्यूटावरको विरोध गरेको भन्दै नेपाली काँग्रेसलाई फ्रान्समा बनाइएको इफेल टावरले अर्बाै आम्दानी दिएको स्मरण गराउनु भयो । ओलीले धान, मकै, कोदो, लिची नफल्ने फ्रान्सको ईफेल टावर, वासिंटन टावर र अन्य ठाउँमा रहेका टावरहरुले अर्बौ आम्दानी दिने गरेको बताउनु भयो ।

उहाँले त्यस्ता टावरहरु हरेक देशको उचाई भएको र गर्वको विषय रहेको तर्क समेत गर्नु भयो । त्यस अवसरमा अध्यक्ष ओलीले इतिहासप्रति गर्व गरेर, त्यसका गौरवपूर्ण कामहरु सम्झेर अघि बढन पनि सबैलाई आह्वान गर्नु भयो । उहाँले भन्नु भयो, ‘पोलिटिक्स गर्दिन यहाँ, यो साहित्यिक मञ्च । एउटा पार्टीले आफ्नो घोषणा पत्रमै भन्यो–भ्यू टावर बनाउँदैनौं । भ्यूटावर बनाउने काम छैन । इफेल भन्ने ईन्जिनियर जसले ईफेल टावर बनाए । बुद्धि नभएका रहेछन कि क्या हो ? जो फ्रान्सको प्रतिक भएको छ । जसले फ्रान्सलाई अरबौको आम्दानी दिलाएको छ ।

भ्यूटावरभन्दा केही होईन, टुप्पामा धान फल्दैन । अलि तल कोदो फल्दैन । तल मकै पनि फल्दैन । आँप पनि फल्दैन, लिची पनि फल्दैन । पैसा मात्रै फल्छ, भ्यू टावरमा । इफेल टावर, वासिंटन टावर र अन्तका टावरहरु, इतिहास, ऐतिहासिक धरोहर, हाम्रो उचाई, थुप्रै कुराहरु यसभित्र हुने गर्दछ । तर जव हामी सोझो आम्दानीको कारोबार मात्रै गर्छौं भने फर्गेट एस्टडे जस्ता कुराहरु पटक पटक आउँछन । किनभने हामीसँग नगदानगदी विजनेश बाहेक अरु कुनै हुँदैन । किनभने हामी भावनामा छैनौं ।

हामी संवेदनशील छैनौं । हामी गर्वानूभूति गर्दैनौं । हामीसँग प्रेष्टिज भन्ने कुरा छैन । अव त्यसो भयो भने फर्गेट एस्टडे भनिरहनु पर्छ । डन्ट फर्गेट एस्टडे भन्ने गरी काम गरौं । गौरवपूर्ण कामहरु सम्झौं । गौरवपूर्ण इतिहासहरु सम्झौं । शुद्ध, पवित्र क्रियाकलाप गरेको सम्झौं । नराम्रो काम गर्दै नगरांंै । कसैसँग भन्न नपरोस–घनिष्ट भन्दा घनिष्ट, जसलाई हामीले धोका दियौं । घनिष्टलाई धोका लिएर भोलीपल्ट फर्गेट एस्टडे भनेर दाँत देखाउन नपरोस् ।’

ओलीले कवयित्री श्रेष्ठलाई समाजले फर्गेट एस्टडे लेख्न लगाएको उल्लेख गर्दै अव इतिहासप्रति गौरव गरेर लेख्न लगाउनुपर्ने पनि बताउनु भयो ।