७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेनले कटाए ४१ हजार मत, सिर्जना सिंह २३ हजार ८५५ मतसहित दोश्रो स्थानमा



अ+ अ-

काठमाडौं । स्थानीय निर्वाचनमा यस पटकको महानगर र उपमहानगरको मतपरिणामहरु रोचक बन्दै गएका छन् ।

पछिल्लो पटक देशको राजधानी काठमाडौंको मेयरमा युवा इन्जिनियर बालेन्द्र साहले अग्रता बनाइरहेका छन् । पछिल्लो मतविवरण अनुसार बालेन्द्रले ४१ हजार २७९ मत प्राप्त गरिसकेका छन् ।

उनलाई नेपाली कांग्रेसकी सिर्जना सिंह र नेकपा एमालेका उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन् । नेपाली कांग्रेसकी सिर्जना सिंहले हालसम्म २३ हजार ८५५ मत प्राप्त गरेकी छिन् ।

जुन बालेन्द्रको भन्दा १७ हजार ४२४ ले कम हो । त्यस्तै स्थापितले हालसम्म २३ हजार २४ मत प्राप्त गरेका छन् । हालसम्म १ लाख १६ हजार ८५५ मत गणना भईसकेको छ भने अब ७४ हजार ३०१ मत गणना हुन बाँकी छ ।