२५ मंसिर २०८२, बिहीबार
,
Latest
विकटको सुगम मातृ स्वास्थ्य सेवाः सान्नी त्रिवेणी गाउँपालिका घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य गाउँघरमा प्रयोग हुने परम्परागत पानीघट्टाको प्रचलन हराउँदै नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ कार्की सरकार असंवैधानिक हो, कुनै प्रतिष्ठान मास्ने अधिकार छैनः ओली ट्रम्प गोल्ड कार्ड आजदेखि लागू हुँदै जेन–जी र सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः कलाबिहीन भद्दा नाटक पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा एमाले महाधिवेशनमा डर र आतङ्क सिर्जना गर्न ओलीलाई गिरफ्तार गर्ने हल्ला फैलाइयोः महेश बस्नेत
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ महानगर ७ मा कांग्रेस विजयी, १४ वटा वडाको नतिजा सार्वजनिक



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ७ को वडाध्यक्षमा नेपाली कांग्रेसका विमलकुमार होडा निर्वाचित हुनुभएको छ । होडाले नेकपा (एमाले) का उम्मेदवार कृष्णमणि भट्टराईसँग ५२ मतान्तरले विजय हुनुभएको हो ।

होडाले दुई हजार ८६७ मत प्राप्त गर्दा एमालेका भट्टराईले दुई हजार ८१६ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी सदस्यमा कांग्रेसका उज्ज्वल अर्याल र सुरेश शाही निर्वाचित हुनुभएको छ । महिला सदस्यतर्फ कांगे्रसका रुपा थापाले जित हासिल गर्नुभएको छ भने दलित महिला सदस्यमा कांग्रेसकै कल्पना सुन्दास विजय हुनुभएको छ ।

हालसम्म कामपा वडा नं १, २, ३, ४, ५, ६, ७, ८, २७, २८, २९, ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ । त्यसैगरी वडा नं ९, १०, ११, १२, २२, २३, २४, २५, २६ को मतगणना कार्य जारी छ । कामपाको कूल एक लाख ९१ हजार १८६ मतमध्ये एक लाख छ हजार ५१६ मत गनिसक्दा प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ३८ हजार ८९४ मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले)का केशव स्थापितले २० हजार ९६५ र नेपाली कांग्रेसका सिर्जना सिंहले २१ हजार ५३८ मत प्राप्त गर्नुभएको काठमाडौँका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौड्यालले जानकारी दिनुभयो ।

एमालेको तर्फबाट उपप्रमुखका उम्मेदवार सुनिता डङ्गोेलले पनि आफ्नो अग्रता कायमै राख्नुभएको छ । उहाँले ३८ हजार ३५१ मत प्राप्त गर्दा नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले १३ हजार ४३१ मत प्राप्त गर्नुभएको छ ।