• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी

कञ्चनपुरको कृष्णपुरमा प्रमुख र उपप्रमुखमा कांग्रेस



Nepali Congress

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार हेमराम ओझा नगरप्रमुख र द्रौपती राना उपप्रमुखमा निर्वाचित हुनुभएको छ ।

ओझाले नगरप्रमुखमा १० हजार ३३४ मत प्राप्त गर्नुभएकामा निकतटम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का जोगराम चौधरीले आठ हजार ३००, नेकपा एमालेका लोकेन्द्र पन्तले छ हजार ४७४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपप्रमुखतर्फ कांग्रेसकै द्रौपती रानाले नौ हजार ६७५ मत प्राप्त निर्वाचित हुनुभएकामा निकटतम प्रतिस्पर्धी माओवादीका गीता मल्लले आठ हजार ८५१ र एमालेकी रमिता रानाले सात हजार ३१६ र मत प्राप्त गर्नुभएको छ । यसअघिको निर्वाचनमा ओझा एमालेका कर्णबहादुर हमालसित पराजित हुनुभएको थियो ।