• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

काठमाडौं उपत्यकामा बिहानैबाट वर्षा, सतर्कता अपनाउन अनुरोध



काठमाडौं। आइतवार बिहानैबाट काठमाडौं उपत्यकाका विभिन्न स्थानमा वर्षा शुरु भएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायु र भारतको बिहार हुँदै पश्चिम बंगालको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावका कारण देशैभर तीनदिनसम्म वर्षा हुने बताईएको छ ।

आइतबार, सोमबार र मंगलबार पहाडी भू-भाग र देशका अधिकांस स्थानमा मेघ गर्जन र चट्याङ्ग हावा हुरी सहित हल्का देखि मध्यम वर्षा हुने भएको कारण महाशाखाले वर्षासँगै आउने बाढी र हावाहुरीले क्षति पुर्याउने जनाउदै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

सामान्य देखि मध्यम सम्मको चट्याङसहित बर्षा हुने महाशाखाले आइतबार विहानै विज्ञप्ती मार्फत जानकारी गराएको हो ।