• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे ★   दश महिनामा पाँच हजारभन्दा बढी डढेलो ★   कोशीका नवनियुक्त सात मन्त्रीले लिए शपथ ★   सत्ता समिकरण सुविधाजनक बहुमतमा छ, प्रधानमन्त्रीले विश्वासको मत पाउनुहुन्छ: सांसद भट्टराई ★   गृहमन्त्रीलाई छानविनको दायरामा ल्याउन छानविन समिति चाहिएको हो: सांसद महत ★   काँग्रेसलाई रास्वपा सांसद झाको आग्रह– माग के हो लेटरहेडमा लिखित रुपमा ल्याउनुस् ★   प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिने ★   इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय: राष्ट्रपति ★   विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा पटनाको स्कुलमा आगलागी ★   १६७ रुपैयाँमै घर !

महालक्ष्मीमा प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस निर्वाचित



ललितपुर । महालक्ष्मी नगरपालिकाकाे प्रमुखमा नेकपा एमालेका उम्मेदवार हरिगोविन्द श्रेष्ठ र उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी महर्जन विजयी हुनुभएको छ ।

प्रमुखमा विजयी श्रेष्ठले श्रेठले नौ हजार ३५० मत ल्याउनुभएकोे छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेकपा ९माओवादी केन्द्र० का शिवप्रसाद कट्टेलले पाँच हजार ६५८ मत पाउनुभएको छ । उपप्रमुखमा विजयी महर्जनले नौ हजार ५९१ मत र निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी वीणा सुवेदीले आठ हजार ६८३ मत पाउनुभएको छ ।

नगरपालिकाका १० वडाका मध्ये एमालेका उम्मेदवार छ वडामा र कांग्रेसले तीन र माओवादीले एक वडामा अध्यक्ष जितेको छ । एमालेबाट वडा नम्बर १ मा छिरिङ लामा, वडा नम्बर २ मा ध्रुव खत्री, वडा नम्बर ३ कुवेर केसी, वडा नम्बर ४ मा अमृत खत्री, वडा नम्बर ८ मा विश्वराज श्रेष्ठ र वडा नम्बर १० मा विजय लामा विजयी हुनुभएको छ । कांग्रेसबाट वडा नम्बर ५ मा कपिल केसी, वडा ७ मा बाबुराजा महर्जन, वडा ९ मा जयकृष्ण बोगटी वडाध्यक्ष विजयी हुनुभएको छ । माओवादीबाट वडा नम्बर ६ मा धर्म महर्जन विजयी हुनुभएको छ । रासस