• १३ जेष्ठ २०८१, आईतवार
  •      Sun May 26 2024
  •   Unicode
Logo

विराटनगर महानगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी



काठमाडौं । विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइराला विजयी हुनु भएको छ । कोइरालाले ३० हजार १ सय ७० मत ल्याएर बिजयी हुनु भएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार सागरकुमार थापा २१ हजार ४ सय ५५ मत प्राप्त गर्नुभयो । उहाँहरुको मतान्तर ८ हजार ७ सय १५ रहेको थियो ।

यसै गरी उपप्रमुखमा एमालेकी शिल्पा निराला कार्की विजयी हुनु भएको छ । उहाँले २५ हजार ६ सय ८० मत प्राप्त गर्नुभयो । कार्कीका प्रतिद्वन्द्वी गठबन्धनबाट जनता समाजवादी पार्टीका अमरेन्द्र यादवले १४ हजार २ सय १९ मत प्राप्त गर्नुभयो ।