• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभाको बैठक फेरि सर्‍यो, साढे ४ बजे बस्ने ★   कोशी प्रदेशमा पहिलो पटक चलचित्र महोत्सव शुरु ★   छानबिन समितिको कार्यादेश टुंगो नलागेपछि भोलिलाई सर्यो संसद बैठक ★   घाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ ★   प्लेअफमा पुग्न आरसीबीको ७ ‘चमत्कार’ ★   ग्रामीण सडक कालोपत्र भएपछि दैनिकी सहज बन्दै ★   लागुऔषध खैरो हिरोइन ४८ ग्रामसहित एक पक्राउ ★   मालपोत कार्यालय टीकापुरका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईली सहित ८ जना बिरुद्ध आरोपपत्र दायर ★   मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व सङ्कलन ★   सेतीमा पक्की पुल: तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै

विदुरको प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी केन्द्र विजयी



नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार राजनलाल श्रेष्ठ र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र0 को उम्मेदवार प्रभा बोगटी विजयी हुनुभएको छ । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत गत वैशाख ३० मा भएको मतदानको आज साँझ सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार नगरप्रमुखमा श्रेष्ठले १५ हजार ८२६ मत ल्याउनुभयो । उहाँको प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार सञ्जु पण्डितले १२ हजार १५४ मत ल्याउनुभयो ।

नगरउपप्रमुखमा माओवादी केन्द्रको उम्मेदवार प्रभा बोगटी निर्वाचित हुनुभयो । उहाँले १२ हजार ८६० मत ल्याउनुभयो भने उहाँको प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार अम्बिका पौडेलले ११ हजार ९९५ मत ल्याएको मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुईँटेलले जानकारी दिनुभयो । नगरप्रमुखमा विजयी हुनुभएका श्रेष्ठ नुवाकोट उद्योग वाणिज्य सङ्घको जिल्ला अध्यक्ष हुँदै, उद्योग वाणिज्य महासङ्घको केन्द्रीय सदस्यको अहिले दोस्रो कार्यकालको जिम्मेवारीमा रहँदै गर्दा राजनीतिमा प्रवेश गर्नुभएको हो ।

तेह्र वटा वडा रहेको विदुरमा कांग्रेस र एमालेले पाँच वडामा, र माओवादी केन्द्रले तीन वडामा विजयी हासिल गरेको छ । विदुरको वडा नंं १ मा लेनिन रञ्जित, वडा नंं २ मा दीपक कायस्थ, वडा नं। ३ मा बद्री रिमाल, वडा नंं ४ मा निलमबाबु ढुङ्गेल, वडा नं ५ लिलानाथ न्यौपाने, वडा नं ६ मा श्यामकृष्ण चालिसे, वडा नंं ७ मा रवीन्द्र नेपाल, वडा नंं ८ मा कमल श्रेष्ठ, वडा नंं ९ मा हरेराम भण्डारी, वडा नं १० मा गणेशकुमार नेपाल, वडा नंं ११ मा बाबुराम लामा, वडा नं १२ मा उपेन्द्र खड्का र वडा नंं १३ मा भरत तामाङ निर्वाचित भएका छन् । रासस